महिलाले आत्महत्या गरेपछि मारुती सिमेन्ट बन्द

४ बर्ष अगाडि

कामबाट हटाएकी एकजना महिलाले आत्महत्या गरेपछि सिरहाको गोलबजारस्थित मारुती सिमेन्ट उद्योग मजदुरहरुले बन्द गराएका छन् । 

उद्योगले कामबाट हटाएकी गोलबजार–९ की अनिता पासवानले आत्महत्या गरेपछि मजदुरहरुले आज बिहानैदेखि उद्योग बन्द गराएका हुन् । 

अखिल नेपाल कारखाना मजदूर सङ्घका सदस्यसमेत रहेकी पासवानले हिँजो उद्योग नजिकै आत्महत्या गरेकी थिइन् । 

उद्योग व्यवस्थापनले मजदूरलाई आत्महत्या गर्न बाध्य पारेको आन्दोलनरत मजदूरहरुको आरोप छ । 

काम बहिष्कार गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका मजदुरहरुले  कामबाट निकाल्नेलाई कारवाही र पीडित परिवारलाई राहत दिनुपर्ने माग गरेका छन्। 

४ बर्ष अगाडि

प्रतिक्रिया