किन गरियो सबै बैंकास्योरेन्स सम्झौता रद्द, यस्ता छन् कारण

४ बर्ष अगाडि

काठमाडौं – बीमा कम्पनीहरूले सबैै बैंक तथा वित्तिय संस्थाहरुसँग गरेको बैंकास्योरेन्स सम्झौता खारेज (रद्द) भएका छन् । बीमा समितिले हालै एक परिपत्रि जारी गर्दै उक्त बैंकासुरेन्स सम्झौताहरु खारेज गरिदिएको हो । 
समितिले गत सोमबार बीमकले सहकार्यमा बीमा व्यवसाय सञ्चालन गर्दा अपनाउनुपर्ने नीतिगत मार्गदर्शन, २०७६ जारी गरेको थियो । अब सोही व्यवस्थाअनुसार बैंकास्योरेन्स व्यवसाय अगाडि बढाउनुपर्ने भएकाले पहिलेका सम्झौता रद्द गरिएको हो । अब बीमा कम्पनीहरुले नयाँ व्यवस्थाअनुसार बैंकास्योरेन्स सम्झौता गर्नुपर्ने समितिको भनाइ छ ।
हाल बैंकहरुले बीमा कम्पनीसँग बैंकासुरेन्स सम्झौता गरेर ग्राहकहरुलाई बीम सुविधा दिँदै आएका छन् । बैंकको प्रडक्टमा बीमा सम्बन्धी सेवा सुविधा हुनुलाई पनि बैंकास्योरेन्स भनिन्छ । 
बीमा समितिले उक्त मार्गदर्शन जारी र्दै बैंकहरुले आफ्ना निक्षेपकर्ताहरुको बीमा गर्दा उनीहरुको सम्पुर्ण व्यक्तिगत विवरण बीमा कम्पनीहरुलाई बुझाउनु पर्ने व्यवस्था गरेको थियो । बीमा लेख खरिद गर्दा बैंकले आफ्ना निक्षेपकर्ताको नाम तथा व्यक्तिगत विवरण बीमा कम्पनीहरुलाई उपलब्ध गराउनु पर्ने मार्गदर्शनमा उल्लेख छ। 
यस्तै, संस्थाले आफ्ना निक्षेपकर्ता, सदस्य वा ऋणीको औषधोपचार बीमा तथा घातक रोग राइडरको सुविधा प्रदान गर्दा ग्राहकको केवाइसी (नो योर कस्टमर) विवरण र स्वास्थ्य सम्बन्धी फारम भर्न लगाउनु पर्नेछ । 
बैंक तथा वित्तीय संस्थाले निक्षेपकर्ता, ऋणी वा सदस्यलाई बीमालेखको विवरण सहित प्रमाणपत्र प्रदान गर्नु पर्नेछ। यसका साथै बीमितले आफ्नो बीमा लेख बैंक तथा वित्तीय संस्थाको वेव साइटबाट हेर्न सक्ने व्यवस्था गर्नु भएको छ। 
समितिले घातक रोगको बीमा गराउँदा अधिकतम बीमाङ्क रकम दश लाख र औषधोपचार बीमा गराउँदा अधिकतम बीमाङ्क रकम एक लाख रुपैयाँ तोकिदिएको छ। बैंक तथा वित्तीय संस्थाले तोकिएको अधिकतम सीमाभन्दा माथिको बीमा गराउन पाउँदैनन ्। बैंकहरुले अबदेखि निक्षेपकर्ताको निशुल्क बीमा गरेको भन्दै प्रचार गर्न पाउने छैनन्।

४ बर्ष अगाडि

प्रतिक्रिया