साताको सेयर बजारः नेप्सेमा उल्लेख्य बृद्धि, कति विन्दुले बढ्यो परिसुचक ?

४ बर्ष अगाडि

काठमाडौं – यो साता शेयर बजारमा उल्लेख्य सुधार देखिएको छ । गएका केही हप्तासम्म निराशजनक देखिएको शेयर बजारमा यो हप्ता भने आशालाग्दा परिसुचक देखिएका छन् ।
नेपाल स्टक एक्सचेन्ज(नेप्से) अर्थात नेपाली शेयर बजार यो हप्ता ४०.७२ विन्दुले बढेको छ । यो हप्ता ११३१.९२ विन्दुबाट शेयर कारोबार सुरु भएको थियो । तर, साताको अन्तिम दिन अर्थात बिहीबारसम्म त्यो नेप्स परिसुचक ३.६० प्रतिशतले बढेर ११७२.६४ मा पुगेको छ । उल्लेख्य रुपमा बजार बढेपछि अहिले लगानीकर्तामा उत्साह आएको छ । 
यस्तै, यो हप्ता कुल रू. २ अर्ब ५६ करोड ५६ लाख ५० हजारको कारोबार भएको छ । कुल ८२ लाख ४६ हजार ५९५ कित्ता शेयरको ३६ हजार ४४५ पटक कारोबार भएको छ । यो हप्ता कुल १९० कम्पनीको शेयर कारोबार भएको नेप्सेको भनाइ छ । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया