अवैध लागूऔषध सहित पक्राउ

४ बर्ष अगाडि


सर्लाही – मलगंवा नगरपालिका—८ बाट नियन्त्रित लागूऔषध नाईट्रोसन १ सय एम्पुल र नाईट्रोभेट ३ सय ट्याबलेट सहित महोत्तरी बर्दिबास नगरपालिका–१ हनुमान चोक बस्ने मनिष साहलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरीले भारतको सोनवर्षाबाट मलगंवातर्फ आउँदै गरेको बीआर ३० पी १७६५ नम्बरको टेप्पोमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

कैलाली, गोदावरी नगरपालिका–२ डेरा गरी बस्ने दार्चुला मार्मा गाउँपालिका–१ घर भएका ३२ वर्षीय जसमल सिंह ठगुन्ना समेत ४ जनालाई अवैध लागूऔषध चरेश करिब ७ किलो सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

 विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले ठगुन्नाको कोठामा उक्त लागूऔषध फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया