झापामा महिला मात्रै निस्किए भ्रमण वर्षको पैदलयात्रामा

४ बर्ष अगाडि

‘नेपाल भ्रमण वर्ष २०२०’ को प्रवद्र्धनका लागि झापाको मेचीनगरबाट महिला मात्र रहेको एक टोली स्थानीय पर्यटकीयस्थलको पैदलयात्रा (टे«किङ)मा निस्किएको छ ।

आज बिहान धुलाबारी मोडबाट हरियो टी सर्ट, कालो पाइन्ट र रातो जुत्ता लगाएर यात्रामा निस्किएको महिला टोलीमा मेचीनगरका ३५ अगुवा महिला सामेल छन् । मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीले पैदलयात्रामा निस्किएका महिलालाई ‘साहसी महिला’को संज्ञा दिँदै अबिर टीका लगाएर यात्राको शुभकामना व्यक्त गरेकी छिन् । उहाँले महिला मात्रै सहभागी पैदलयात्रा झापामा पहिलोपटक भएको जनाउँदै महिला चुलोचौकामा सीमित हुने जमाना अब गएको बताइन् । 

पैदल टोलीले मेचीनगरको थोप्लेविरान पर्यटकीय क्षेत्र, शान्तिनगरस्थित भाषाशास्त्री महानन्द सापकोटाको जन्मस्थल देवानछाप हुँदै बुद्धशान्ति गाउँपालिकाको सुनमाईस्थित धारागोला दृश्यावलोकन स्तम्भसम्मको १९ किलोमिटर यात्रा सम्पन्न गर्ने टोलीप्रमुख रेणुका डाँगीले बताउनुभयो । टोलीमा मेचीनगरको राजनीतिक, सहकारी, शिक्षा, पत्रकारिता, साहित्य र खेलकुद क्षेत्रमा क्रियाशील सङ्घसंस्थाका अगुवा रहेका छन् । उहाँहरुले राष्ट्रिय झण्डा र भ्रमण वर्षको लोगो बोकेकी छिन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया