साताको पहिलो कारोबार: दुई घण्टामा ८ अंकको बृद्धि

४ बर्ष अगाडि

साताको पहिलो कारोबारका दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) कारोबार सुरु भएको दुई घण्टामा ८.५१ अंकले बढेको छ । 

गत साता भरी हरीयाली रहेको नेप्सेले यस हप्ताको पहिलो दिनबाटै सोही प्रकृयालाई निरन्तरता दिएको छ । 

आज ११७२.४८ को विन्दुबाट सुरुभएको कारोबार अहिलेको अवस्था सम्म आइपुग्दा ८.५१ अंकले बढेर ११८१.१६ बिन्दुमा पुगेको हो ।

आज ११ बजे  ११७२.४८ विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १ बजेसम्म आउँदा त्यो परिसुचक ०.७३ प्रतिशतले बढेको छ ।

गत साता मात्र नेप्से ४०.७२ विन्दुले बढेको थियो ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया