साताको पहिलो दिन शेयर नेप्सेमा सामान्य गिराबट

४ बर्ष अगाडि

साताको पहिलो दिन आइतबार शेयर बजार परिसूचक नेप्से सामान्य घटेको छ । केही दिन यता बढ्दोक्रममा रहेको नेप्से कारोबार आकारोबार अघिल्लो कारोबार दिन बिहीबारको तुलनामा सामान्य घटेको हो । 

बिहीबार ७६ करोड ४० लाखको करोबार भएकोमा आइतबार नेप्सेसूचक ४.७८ अंकले घटेर ११६७.८६ विन्दुमा अडिएको छ ।

आज १७२ कम्पनीको २० लाख ७२ हजार २३६ कित्ता सेयर खरिदबिक्री हुँदा ६८ करोड ६० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । कुल १२ वटा समूहको सेयर कारोबार हुँदा ३ समूहको सूचक बढेको छ भने बाँकी समूह राता भएका छन् । 

कारोबारमा आएका उत्पादन, बैंकिङ्ग र अन्यउपसमूहको सूचक सकारात्मक रहँदा नेप्से ऋणात्मक भएपनि ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.०८ अंकले बढेर २५५.६७ बिन्दुमा रहेको छ । बाँकी ८ उपसमूहका सूचक ऋणात्मक रहे।

कारोबार रकम भने सामान्य मात्र घटेको छ। अघिल्लो कारोबार दिन बिहीबार ७६ करोड ४० लाखको करोबार भएकोमा आइतबार कारोबार रकम ७ करोड ८० लाखले घटेर ६८ करोड ६० लाख रुपैयाँ कायम भएको छ। आइतबार १७२ कम्पनीका २० लाख ७२ हजार २३६ कित्ता शेयर ९ हजार ५२१ पटक खरीद बिक्री भए।

उत्पादनको सूचक ३.११ प्रतिशतले सुधार देखिँदा बैंकिङ्ग र अन्य उपसमूहका सूचक पनि सामान्य बढेका छन्। जीबन बीमाको सूचक सबैभन्दा धेरै २.६२ प्रतिशतले घट्दा, होटल्स र लघुवित्त पनि २ प्रतिशत धेरैले ऋणात्मक रहे।

आइतबारको कारोबारमा एनएमबि बैंकको उच्च कारोबार भएको छ। बैंकको एक लाख ५८ हजार कित्ता शेयर ६ करोड ३७ लाख १५ हजार रुपैयाँ बराबरमा खरीद बिक्री भयो। यस्तै नेपाल बैंक ४ करोड ५४ लाख, स्वावलम्बन लघुवित्तको संस्थापक शेयर ३ करोड ८५ लाख, एनआईसी एशिया बैंक, नेपाल लाईफ इन्स्योरेन्स, शिवम् सिमेन्टको पनि तीन कारोबार बढीको कारोबार भयो।

स्वावलम्बन लघुवित्तको साधारण शेयर, प्रभु इन्स्योरेन्स, डिप्रोक्स लघुवित्त र नबिल बैंकको एक करोड बढीको कारोबार गर्दै शिर्ष कारोबार हुने दश कम्पनीमा अटाएका छन्।

आइतबारको बजारमा ८७ कम्पनीको शेयरमूल्य घटेको छ भने ५९ कम्पनीके शेयरमूल्य मात्र बढ्यो।

आइतबारको बजारमा राष्ट्रिय बीमा कम्पनीको शेयरमूलयमा सर्किट लागेको छ। कम्पनीको शेयरमूल्य ८७९ रुपैयाँले बढेर ९ हजार ६६९ रुपैयाँमा पुगेको छ। युनाइटेड इन्स्योरेन्स, युनाइटेड मोदी हाईड्रोपावर, सिन्धु विकास बैंक, युनियन हाइड्रोपावर र आँखुखोला जलविद्युत्त कम्पनीको शेयरमूल्य ५ प्रतिशत धेरैले बढेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया