लाेकसेवाद्वारा गुल्मीका ५८ जना एकैपटक नासुमा सिफारिस, अर्घाखाँचीका २७ जना

४ बर्ष अगाडि

लोकसेवा आयोगको एउटै परिक्षाबाट गुल्मीका ५८ जना जागिरका लागि सिफारिस  भएका छन्। आयोगको बुटवल कार्यालयले स्थानीय तह अन्तर्गत प्रशासन पाँचौ तहको लागि लिएको परिक्षाबाट गुल्मीका ५८ जना सिफारिस भएका हुन् । 

आयोगले खुल्लातर्फ  ११३ जना, महिलाकोटामा ३३ जना र आदीवासी जनजातीका लागि २ जना गरी १४७ जना माग गरेको थियो । त्यसमध्ये खुल्लातर्फ ४७ जना र महिला तर्फ ११ जना गुल्मेली सिफारिस भएका छन् । समग्रममा गुल्मेलीहरुको सिफारीस संख्या ३९ दशमलव १८ प्रतिशत हो । 

बुटवलबाट सिफारीस हुनेमध्ये दोश्रोमा अर्घाखाँचीका रहेका छन् । अर्घाखाँचीबाट खुल्लामा २१ र महिलामा ६ जना गरी २७ जना सिफारीस भएको लोकसेवाले जनाएको छ । 

त्यस्तै रुपन्देहीबाट खुल्ला १०, महिला ७ र आदिवासी जनजातीतर्फ १ गरी १८ जना र पाल्पाबाट खुल्लातर्फ १४ र महिलामा ३ गरी १७ जनाले एकैपल्ट स्थानीय तहमा नासुको जागिर खाएका छन् । 

त्यस्तै नवलपरासी खुल्ला ५, महिला २ र आदिवासी जनजाती १ गरी ८ जना, कपिलवस्तुका ५ खुला र १ महिला गरी ६ जना, स्याङजा ३ खुला र १ महिला गरी ४, पर्वत ३ खुला र १ महिला गरी ४ जना सिफारिस भएका छन् । 

बुटवलबाट सिफारिस हुनेमध्ये पर्वतबाट ३,  प्यूठानबाट २ तथा दाङ्ग, बाग्लुङ्ग र रौतहटबाट एक एक जना छन् । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया