यो निर्णय गर्दै काम थाल्यो ओली सरकारले

६ बर्ष अगाडि

काठमाडौँ–मन्त्रिपरिषद्को पहिलो बैठकले प्रत्येक स्थानीय तहमा उद्योगग्राम निर्माण गर्ने निर्णय गरेको छ ।  आजमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको थियो । 

बैठकले प्रत्येक प्रदेशको सदरमुकाममा आधुनिक खेलग्रामसहितको रंगशाला बनाउने र प्रत्येक प्रदेशमा प्राविधिक–व्यावसायिक महाविद्यालय स्थापना गर्ने निर्णय पनि गरेको महिला, बालबालिका तथा समाजकल्याणमन्त्री थममाया थापाले जानकारी दिइन् । 
बैठकले नेपालको संविधानबमोजिम संघीय संसद्, प्रदेशसभा तथा स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने ऐतिहासिक कार्यभार सफलतापूर्वक पूरा गरेकामा निर्वाचन आयोग, निजामती तथा सुरक्षा निकायका राष्ट्रसेवक एवं प्रत्यक्ष र परोक्ष रुपमा सहयोग पु¥याउने सबैलाई धन्यवाद दिएको छ । 
यस्तै  वाम गठबन्धनलाई मत दिने  मतदाता र नागरिकप्रति पनि आभार व्यक्त गरेको छ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया