भारतमा १० दिनमै सर्वाधिक बिक्री भएको सेल्टोस गाडी नेपाली बजारमा

पुस ५, २०७६ | आजको अर्थ
ajaako_artha

भारतमा बजार प्रवेश गरेको १० दिनमै सर्वाधिक बिक्री हुने मिड–एसयुभी बन्न सफल कियाको सेल्टोस नेपाल भित्रेको छ ।

नेपालका लागि किया गाडीको अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले सेल्टोस नेपाल ल्याएको हो । कियाको भारतस्थित प्लान्टमा उत्पादित गाडी पहिलोपटक नेपाल भित्रेको हो । कोरियाली अटो निर्माता कियाले सन् २०१९ बाट भारतमा प्लान्ट राखेर सेल्टोस उत्पादन थालेको हो ।

भारत–६ इन्जिन जडित सेल्टोस कियाको ग्लोबल मोडल हो । यसले विश्वभरका मिड एसयुभी पारखीबाट उत्साहजनक प्रतिक्रिया पाएको छ । सेल्टोसकै कारण किया भारतको चौथो नम्बरको कार ब्रान्ड बन्न सफल भएको छ ।

कन्टिनेन्टलले भारतमा निर्मित अन्य मोडल पनि नेपाल ल्याउने कम्पनीका प्रमुख सुहृद घिमिरे बताउँछन् । सेल्टोसमा १० इन्च स्क्रिन , बिओएसई म्युजिक सिस्टम, फ्रन्ट र ब्याक एलइडी लाइट, एअर प्युरिफायर, डी(कट स्टेरिङ, युभी ग्लास जस्ता विशेषता छन् । यो सेग्मेन्टका अन्य ब्रान्डमा यस्ता विशेषता छैनन् ।

गत भदौमा सम्पन्न नाडा अटो सोमा बुकिङ गर्ने ग्राहकलाई प्राथमिकता दिएर यो गाडी उपलब्ध गराउने कम्पनीको योजना छ । ४९ लाख ९० हजार रुपैयाँदेखि ८० लाखसम्म पर्ने सेल्टोसका एचटिके, एचटिके प्लस, एचटिएक्स, एचटिएक्स प्लस भेरियन्ट नेपाली बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

भारतमा गत अगस्टबाट यसको बिक्री सुरु भएको थियो । अटो पन्डित्जका अनुसार सेल्टोस लन्च भएको पहिलो महिनामै आफ्नो सेग्मेन्टको एसयुभी पारखीमाझ लोकप्रिय बनेको थियो ।

हुन्डाइको क्रेटा, निसानको किक्स, जिप कम्पास १।४ लाई सेल्टोसको प्रतिस्पर्धी मोडल मानिन्छ । कन्टिनेन्टलले ३० वर्षदेखि कियाका गाडी बिक्री वितरण गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११४.००११४.६०
European Euro१२५.६६१२६.३२
UK Pound Sterling१४९.१८१४९.९७
Swiss Franc११७.५६११८.१८
Australian Dollar७७.२१७७.६२
Canadian Dollar८६.४७८६.९३
Singapore Dollar८४.०४८४.४८