यी चर्चित अभिनेत्री, जसले चलचित्रका लागि परिवर्तन गरे असली नाम

५ बर्ष अगाडि


मुम्बई – बलिउड फिल्म विश्वमा हेरिन्छ । यही कारण हो कि बलिउडमा जति पनि अभिनेत्री वा अभिनेता भित्रिने गरेका छन् । ति सबै संसारभर चिनिन सफल छन् । सायद धेरैलाई थाहा नहुन पनि सक्छ । बलिउडका जति पनि अभिनेत्री छन् । ती सबै सक्कली नामबाट भन्दा पनि नक्कली नामबाट चिनिन सफल छन् । ती अभिनेत्री र उनको सक्कली नाम यस्ता छन् । 

तब्बु 
बलिउडकी अभिनेत्री तब्बुका लागि अहिले अर्काे परिचय आवश्यकता छैन । उनले अभिनय मार्फत बलिउडमा आफ्नो छुट्टै परिचय बनाउन सफल भएकी छिन् । तर धेरैलाई थाहा नहुन पनि सक्छ । उनको असली नाम तबस्सुम हासिम खान हो । उनले बलिउड अभिनय सुरु गर्नु भन्दा पहिले नै तब्बु नाम राखेकी थिइन् ।

प्रीति जिन्टा 
अभिनेत्री प्रीतिलाई बलिउडमा डिम्पल गर्लको रुपमा पनि चिन्ने गरिन्छ । उनी पछिल्लो समय फिल्मी दुनियाँ भन्दा बाँहिर रहेकी छिन् । उनी अहिले आफ्नो बिबाहित जीवनको मज्जा लिइरहेको बताइएको छ । प्रितीको असली नाम प्रीतम सिंह जिन्टा हो । चलचित्र अभिनयमा आएपछि उनले नाम परिवर्तन गरेकी हुन् । 

शिल्पा शेट्टी 
अभिनेत्री शिल्पा अक्सर आफ्नो हेल्दी जीवनका कारणले चर्चामा रहने गरेकी छन् । शिल्पाको असली नाम अश्विनी शेट्टी हो । चलचित्र अभिनयसँगै उनले नाम परिवर्तन गरेकी हुन् ।
सन्नी लियोनी 
बलिउडमा सन्नी लियोनीको नाम पछिल्लो समय चर्चामा छ । छोटो समयमै उनले बलिउडमा राम्रो उचाही बनाएकी छन् । उनको बालपन क्यानडामा बितेको थियो । उनको असली नाम करनजीत बोहोरा हो । 

क्याट्रीना कैफ 
क्याट्रीनाको नाम बलिउडमा टप अभिनेत्रीको सुचिमा अटाउने गरेको छ ।  क्याट्रीनाको असली नाम केट तुर्काेटे हो । चलचित्र अभिनयका लागि उनले नाम परिवर्तन गरेकी हुन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया