एक चुम्बनमा ८० लाख ब्याक्टेरिया

५ बर्ष अगाडि

चुम्बनलाई प्रेम र आर्कषणको प्रतिक मानिन्छ । यो एउटा त्यस्तो प्रतिक हो जसले आपसी सम्बन्धलाई जोडिराख्न महत्वपूर्ण भूमिका खेल्छ । तर के तपाईलाई थाहा छ, एक किसले तपाईमा ८० लाख ब्याक्टेरिया एकसाथ सार्न सक्छ । नेदरल्याण्डस्मा वैज्ञानिकहरुले गरेको एक रिसर्च सर्वेले एक व्यक्तीले अर्को व्यक्तिलाई किस गर्दै गर्दा १० सेकेन्डमा ८ करोड ब्याक्टेरिया आदन प्रदान हुने बताइएको छ । अर्गनाइजेशन फर एप्लाइड साइन्टिफिक रिसर्चका अग्रणी लेखक रेम्को कोर्ट भन्छन्, चुम्बनका दौरान दुई व्यक्तिको र्याल एकआपसमा आदनप्रादन हुन्छ । जसमा उनीहरु दुबैको मुखमा रहेको ब्याक्टेरिया पनि आदन प्रदान हुन्छ । यसैकारण श्रीमान् श्रीमती वा शारिरक सम्पर्कमा रहनेहरुको मुखमा उस्तै माइक्रोब्याक्टेरिया देखिन्छ । यस रिसर्चका दौरान २१ दम्पतीलाई फारम भर्न लगाइएको थियो । त्यसपछि उनीहरुको किस गर्दाको बानी, उनीहरुको मुखमा पाइएका माइक्रोब्याक्टेरिया लगायतका विभिन्न विषयहरु एकआपसमा जुधाएर यस अध्ययनको नतिजा सार्वजनिक गरिएको हो । अध्ययनका अनुसार मानिसको शरिरमा लगभग १ सय टिलियन माइक्रोअर्गानिज्म हुन्छन् । यस माईक्रोअर्गानिज्मको मुख्य काम हाम्रो खानालाई पचाउने, शरिरका लागि आवश्यक एन्जाइम्स र न्यूटिएट्स बनाउने र विभिन्न किटाणूको रोकथाम गर्ने हो । हाम्रो मुखमा मात्रै ७ सय प्रजातिका विभिन्न ब्याक्टेरिया हुन्छन् । यस्ता ब्याक्टेरियाको काम हाम्रो पाचन प्रणालीसँग जोडिएको हुन्छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया