शास्त्रमा  इन्द्रदेवका अप्सराहरूको विशेष उल्लेख पाइन्छन्,  यी ५ अप्सराका बारेमा जान्नुस्

४ बर्ष अगाडि

शास्त्रमा देवराज इन्द्रदेवका अप्सराहरूको विशेष उल्लेख पाइन्छन् । जबजब कोही ऋषि या दानव ध्यानमा मग्न हुन्छन् तब इन्द्रले तपस्या भंग गर्न अप्सरा पठाउने गरेको उल्लेख पाइन्छ ।

इन्द्रको सभामा थुप्रै अप्सरा हुने गर्थे । यी ५ अप्सराका बारेमा जान्नुस् ।

रम्भा
इन्द्रलोककी अप्सरा रम्भा आफ्नो सुन्दरताको कारण स्वर्ग,मत्र्य,पाताल गरी तीनै लोकमा प्रसिद्ध थिइन् । धनको देवता कुबेरको छोरा नलकुबेरसँग रम्भा पत्नीकै रुपमा बस्ने गर्थिन् । रावण रम्भासँग मोहित भएका थिए र उनले रम्भासँग सम्बन्ध गाँस्न चाहेका थिए ।


उर्वशी
महाभारतमा उर्वशीको सुन्दरताको बर्णन पाइन्छ । अर्जुन एकपटक स्वर्गलोकमा घुम्न गएका बेला उर्वशीको रुप देखेर अर्जुन मोहित भएका थिए । अर्जुनलाई उर्वशीले पनि मनपराएकी थिइन् तर अर्जुनले उर्वशीको प्रेमप्रस्ताव अस्वीकार गरेका थिए । आफ्नो प्रेम अस्वीकार गरेको रिसले उर्वशीले अर्जुनलाई युवती भएर जन्म लिन परोस् भनि श्राप दिएकी थिइन् ।

मेनका
ऋषि विश्वामित्रले एकताका कठीन तपस्या गरेका थिए । ऋषि विश्वामित्रको ध्यान भंग गर्न इन्द्रले मेनका नाममा अप्सरा धर्तिमा पठाएको कथन छ । मेनकाको रुप देखेर मोहित भएपछि ऋषि विश्वामित्रले ध्यान तोडेका थिए । पछि ऋषि विश्वामित्र र मेनका विवाहबन्धनमा बाँधिएका थिए । र, शकुन्तला नामका पुत्री जन्म दिएका थिए ।


तिलोत्तमा
स्वर्गकी सबैभन्दा सुन्दरी अप्सराका रुपमा तिलोत्तमाको नाम अगाडि आउँछ । पृथ्वीको निर्माण गर्दा ब्रम्हदेवले संसारका सबैभन्दा सुन्दरतम बस्तुहरू संकलन गरेर तिलोत्तमाको निर्माण गरेको कथन पाइन्छ ।

पुंजिकस्थला
ध्यान बसिरहेका ऋषिको रुप देखेर पुंजिकस्थला अप्सराले खिल्ली उदाएकी थिइन् । उनको ब्यवहारका कारण ऋषि रिसाएर ऋषिले पुंजिकस्थलालाई बाँदरको अनुहार हुने श्राप दिएका थिए । पछि पुंजिकस्थालाले अन्जनीको रुपमा बाँदर जातिका जन्म लिएर हनुमान पुत्रलाई जन्म दिएको शास्त्रमा उल्लेख पाइन्छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया