२३ वर्षपछि आँशु– ३ लिएर आए तिलक पेला

४ बर्ष अगाडि

लामो समयदेखि सास्त्रिय संगीतमा साधनारत गायक तथा संगीतकार तिकलसिंह पेलाले २३ वर्षपछि आँशु एल्बमको तेश्रो भाग ‘ निर्जन किनार’ को प्रोमो सार्वजनिक गरेका छन् ।

 शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत आँशु –३ मा २ वटा नेपाली गजल, ४ वटा आधुनिक गीत, एउटा हिन्दी भजन गरी जम्मा ८ वटा रचनाहरू समावेश गरिएको गायक पेलाले बताए । 

ती मध्ये ‘निर्जन किनार’ र ‘कथा एउटै तिम्रो मेरो’ गितहरुको कार्यक्रममा प्रोमो सार्वजनिक गरिएको हो । बिसं २०५३ सालमा आफ्नै गायन तथा सङगीतमा आँशु एल्बम बजारमा ल्याएका गायक तथा सङगीतकार पेलाले २०५४ सालमा आँसु भाग २ ल्याएका थिए । आँशु एल्बमले त्यति बेला निकै चर्चा पाएको थियो । बिसं २०६१ सालदेखि  काठमाडौं बनस्थलीमा श्रीकृष्ण गुरुकुल संगीत पाठशालाको स्थापना गरी उनी शास्त्रिय संगीत साधनामा तल्लिन रहे । 

 श्रोताहरुको अपार माया र स्नेहले २३ वर्षको साधनापछि आफू आँशु भाग ३ लिएर सांगितिक बजारमा पुन आएको गायक पेलाले बताए । उक्त एल्बमको यही पुष २६ गते भव्य समारोहका बिच सार्वजिक हुने भएको छ ।

 सांङ्गीतिक हिसावले सुदूरपश्चिमलाई देउडाका माध्यमले बढी चिनिने गरिन्छ । तर पेलाले देउडाका साथसाथै शास्त्रिय सङगीतका माध्यमलाई मुल बिधा बनाए । हुन त उनले पनि देउडा नगाएका होइनन् । एउँटा मातृभूमिप्रति समर्पित देउडा गितको एल्बम नै निकाले तर उनको छवि शास्त्रीय सङगीतमै बन्यो ।  


ज्ञानबिनाको नाम कमाएर आफू पनि ठगिनु र अरुलाई पनि ठग्नु जस्तो लागेर शास्त्रिय संगीतको लामो साधनापछि झण्डै २३ वर्ष पछाडि रेकर्डिङको दुनियामा आफु फर्केको पेलाले बताए ।

४ बर्ष अगाडि

प्रतिक्रिया