नेपालकै पहिलो स्मार्टपार्किङ्ग चार महिनामा, कम्युटरमा क्लिक गर्दा गाडी पार्क हुने

४ बर्ष अगाडि

अबकाे साढे चार महिनाभित्र सुनसरीकाे इटहरीमा नेपालमै पहिलो स्मार्ट पार्किङ्ग निर्माण हुने भएको छ । 

इटहरी वडा नम्वर ४ टयाङग्रा खोला  उत्तरपूर्व अधिकारी मेडिकल हल छेउमा रहेको दुई कठ्ठा जग्गामा ६ तलाको स्मार्ट पार्किङ्ग बन्ने भएको हो । 

सय वटा हल्का सवारी साधन पार्क गर्न मिल्ने स्मार्ट पार्किङ्ग बन्न लागेकाे इटहरी उपमहानगरका इन्जिनियर जीवन घिमिरेले बताए ।

उनका अनुसार इटहरी उपमहानगरको पहलमा संघीय सरकारले  समपुरक योजना अन्तर्गत ५ करोड २० लाख रकममा र बाँकी नगरपालिकाकाे लगानीमा करिब १० करोड लागतमा स्मार्ट पार्किङ्ग निर्माण हुने छ ।

निर्माण कम्पनी छनाैटका लागि ठेक्का प्रकृया शुरू भइसकेकाे उनले बताए । 

साे पार्किङ्गमा सवारीधनीले त्यहाँ पार्क गराउन ल्याएपछि सफ्टवेयरले नै एक क्लिकमा खाली भएको ठाँउमा १ मिनेट भित्र पठाउने छ ।

पछि १ मिनेटमा नै पहिला भएको ठाँउमा ल्याइदिने छ । यो सिस्टम सवै स्वचालित हुने छ ।

त्यहाँ गाडि धुने स्मार्ट वास र कफिसपको पनि ब्यवस्था हुने जनाइएको छ । 

स्मार्ट पार्किङ्गमा पार्क गरिसकेपछि सम्बन्धित ठाँउमा पुग्ने सवारी साधनको ब्यवस्था मिलाउने बिषयमा पनि छलफल भइरहेको इन्जिनियर घिमिरेले बताए । 

इटहरीमा बढदो सवारी पार्क गर्ने समस्यालाई नेपालमै पहिलो पटक बन्न लागेको यो स्मार्ट पार्किङ्गले समाधान गर्ने उपमहानगरको अपेक्षा छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया