१४ मेगावाटको ईर्खुवामा माछापुच्छे बैंकको अगुवाईमा १ अर्ब ७३ करोड लगानी

४ बर्ष अगाडि

तल्लो ईर्खुवा खोला जलविद्युत आयोजना बनाउन  माछापुच्छ्रे बैंकको अगुवाइमा रु  १ अर्ब ७३ करोड ऋण लिने प्रस्ताव पारित भएको छ ।

विकासकर्ता लोअर ईर्खुवा जलविद्युत कम्पनी लिमिटेडको राजधानीमा सम्पन्न प्रथम बार्षिक साधारण सभाले ऋण लिने प्रस्तावलाई पारित गरेको हो । बैंक र विकासकर्ताबीच ऋण लगानी गर्ने विषयमा सहमति भइसकेको छ ।

आयोजनाको जडित क्षमता १४ मेगावाट छ ।  बैंकहरूले कूल लागतको ७० प्रतिशत ऋण लगानी गर्न लागेको कम्पनीका अध्यक्ष कुमार पाण्डेले बताए । 

आयोजनामा ३० प्रतिशत स्वपुँजी लगानी छ । स्वपुँजीको दुई तिहाई नेसनल हाइड्रो पावर कम्पनी लिमिटेडले गरेको छ ।

आयोजना सम्पन्न गर्न रु २ अर्ब २५ करोड लागत अनुमान गरिएको छ ।  आयोजनाको मुख्य सुरुङ निर्माणको काम अघि बढेको छ ।  मुख्य सुरुङ करिब २०० मिटर खनिएको छ ।  

२०७९ साउनदेखि विद्युत उत्पादन गर्ने लक्ष्य कम्पनीको छ । उत्पादन हुने विद्युत निर्माणाधीन २२० केभी कोसी कोरिडोर प्रसारण लाइनको संखुवासभास्थित तुम्लिङटार सबस्टेसनमा जोडिनेछ ।

आयोजनाले वार्षिक ८ करोड युनिट विद्युत उत्पादन गर्नेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया