कृषि विकास बैंकका कर्मचारी बिरुद्ध ४ करोडको मुद्धा

४ बर्ष अगाडि

चार करोड ४२ लाख दुरुपयोग गर्ने कृषि विकास बैंक न्यूरोड शाखाका ६ जना कर्मचारी सहित ८ जना बिरुद्ध विशेष अदालतमा मुद्धा परेको छ । 

अनधिकृत रुपमा रकम निकाली आफूहरुले लिने र खाईमास्ने उद्देश्यले बैंकलाई गैर – कानूनी हानिनोक्सानी गर्ने गराउने योजना बनाएको भन्दै अख्तियार दुरुपायोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध मुद्धा दायर गरेको हो । 

उनीहरुले ४ करोड ४२ लाख ७३ हजार ६ सय ११ रुपैयाँ ४५ पैसा दुरुपयोग गरेको आरोप छ । 

प्रतिवादीहरुमा कृषि विकास बैंक, न्यूरोड शाखाकी कर्मचारी दिपिका रेग्मी, प्रेमहरी ढुंगेल, गोपाल गिरी, महेश्वर मरहट्ठा, सलिल रेग्मी, तारानाथ पाण्डे, रमेशराज बिष्ट र प्रकाश घतानी रहेका छन् । 

उनीहरुमध्ये रमेशराज बिष्ट नेपाली सेनाका अवकास प्राप्त सहायक रथी, घतानी दुर्गा ज्वेलर्सका संचालक हुन भने बाँकी सबै कृषि विकास बैंकका कर्मचारी हुन् । 

तत्कालीन शाखा प्रबन्धक प्रेमहरी ढुंगेलले आफूले निरीक्षण, सुपरिवेक्षण गर्नुपर्ने कार्यलाई चासो नदिई दिपिका रेग्मीले गरेको अनियमितता आफूसमेत संलग्न रहि उक्त रकम बाँडिचुँडी खाईमासी बैंकलाई हानिनोक्सानी पुर्‍याएको अख्तियारको आरोप छ । 

साथै बैंकमा बिभिन्न व्यक्तिहरुको नाममा प्राप्त भएका एकाउण्टपेइ चेकहरु ईसीसीका माध्यमवाट सम्बन्धित व्यक्तिहरुको खातामा जम्मा गरी सोही चेकहरुमा भएको विवरणहरु सच्याई गलत प्रतिवेदन पठाएको अख्तियारले जनाएको छ । 

एक पटक प्रयोग भई सकेको चेकलाई पुनः प्रयोग गरी दिपिका रेग्मीले आधिकारीकताका लागि गोपाल गिरी, महेश्वर मरहट्ठा, सलिल रेग्मी, तारानाथ पाण्डे समक्ष पेश गरेको र उनीहरुले उक्त चेक सदर गरेको देखिएको अख्तियारको दावी छ । 

उनीहरुको मिलेमतोमा राष्ट्र बैंकको निर्देशिका विपरित चेक क्लियरिङको काम गरी प्राप्त रकम भागबण्डा गरी कृषि बिकास बैंकलाई नोक्सान पु¥याएको मुद्धा दायर गरिएको अख्तियराका प्रवक्ता प्रदिप कोइरालालाले जनाएका छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया