राष्ट्र बैंक, मुक्तिनाथ विकास र देवः विकास बैंक यस्तो सम्झौता, भुक्तानी प्रणालीमा सहजता आउने

माघ १, २०७६ | आजको अर्थ
ajaako_artha

काठमाडौं – नेपाल राष्ट्र बैंक र मुक्तिनाथ विकास बैंक तथा देवः विकास बैंक लिमिटेडबीच आरटिजिएस प्रणाली सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा नेपाल राष्ट्र बैंकको तर्फबाट कार्यकारी निर्देशक बम बहादुर मिश्र, मुक्तिनाथ विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र देवः विकास बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठले हस्ताक्षर गरेका थिए ।  यस सम्झौता पश्चात भुक्तानी प्रणालीमा सहजता आउने बैंकले जनाएको छ । 
मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु पनि प्रदान गर्दै आई रहेको बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङ्गले बताए । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११४.००११४.६०
European Euro१२५.६६१२६.३२
UK Pound Sterling१४९.१८१४९.९७
Swiss Franc११७.५६११८.१८
Australian Dollar७७.२१७७.६२
Canadian Dollar८६.४७८६.९३
Singapore Dollar८४.०४८४.४८