तनहुँका सरकारी कार्यालय  सहित ३१ ग्राहकले तिरेनन प्राधिकरणलाई ४७ लाख

४ बर्ष अगाडि

यहाँस्थित नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्रको सडकबत्ती र सरकारी कार्यालय गरी ३१ ग्राहकबाट रु ४७ लाख छ हजार ७२२ बक्यौता रकम असुल्न बाँकी रहेको छ । आर्थिक वर्ष २०७५÷७६ को असार मसान्तसम्म उक्त रकम बक्यौता देखिएको छ भने ७९ जना ग्राहकको नामावली कालोसूचीमा छ ।
 

कार्यालयले आव २०७३÷७४ मा १८६ विद्युत् लाइन काट्दा रु २० लाख ६९ हजार ९८५, आव २०७४÷७५ मा २९६ लाइन काट्दा रु ५१ लाख १८ हजार ९५१ र आव २०७५÷७६ मा ९३१ लाइन काट्दा रु एक करोड १८ लाख ४३ हजार ७१८ राजश्व सङ्कलन भएको कार्यालयका सहायक प्रशासकीय अधिकृत एवं सूचना अधिकारी लोकेन्द्रबहादुर कुँवरले बताए ।
 
त्यसैगरी लामो समयसम्म विद्युत् महसुल नबुझाकाको लाइन काटिएपछि ग्राहकले निवेदन दिएर लाइन जोड्दा आव २०७३÷७४ मा १७४ लाइन जोड्दा रु २३ लाख तीन हजार ३७३, आव २०७४÷७५ मा ३३५ लाइन जोड्दा रु ४२ लाख ५५ हजार ६२७ र आव २०७५÷७६ मा ८३२ लाइन जोड्दा रु एक करोड ४२ लाख ७४ हजार २८६ सङ्कलन भएको थियो । 

त्यसैगरी आव २०७३÷७४ कार्यालयको कालोसूचीमा ४६ रहँदा रु पाँच लाख तीन हजार ४०९, आव २०७४÷७५ मा ८३ को रु नौ लाख ४४ हजार २१८ र आव २०७५÷७६ मा ७९ ग्राहकको रु नौ लाख तीन हजार ९६२ रकम बक्यौता रहेको कार्यालयका कम्प्युटर अप्रेटर राधा पोखरेलले जानकारी दिनुभयो ।
 
कालोसूचीमा पर्ने ग्राहक सुविधाबाट बञ्चित 

विद्युत्को महसुल नबुझाएर कालोसूचीमा रहेका ग्राहकले कार्यालयबाट प्रदान गरिने कुनै पनि किसिमको सुविधा लिनबाट बञ्चित हुने कार्यालयका सहायक प्रशासकीय अधिकृत एवं सूचना अधिकारी कुँवरले बताए। ग्राहकले प्रयोग गरेको पुरानो विद्युत् नम्बर फिर्ता गरी पुनः प्रयोग गर्न नपाइने व्यवस्था रहेको छ । उनले भने, “तीन पुस्तेसम्म उक्त बक्यौता रकमको जवाफदेहीता बनाइएको छ ।”

४ बर्ष अगाडि

प्रतिक्रिया