प्रदेशस्तरीय पुरुष भलिबलमा चितवन विजयी

माघ १, २०७६ | आजको अर्थ
ajaako_artha

नेपाल भ्रमण वर्ष २०२० का अवसरमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–७ सानुसिरुबारीमा आयोजित वाग्मती प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको आज भएको फाइनलमा चितवन जिल्ला विजयी भएको छ ।  

विजेता चितवनले २५–२०, २५–२३ र २६–२४ को अन्तरले रामेछापलाई पराजित गरेको थियो ।

प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले  विजेता र उपविजेतालाई क्रमशः रु दुई लाख दुई हजार २० र रु  एक लाख एक हजार १० सहित ट्रफी, पदक र प्रमाणपत्रसहित पुरस्कृत गरे । 

भलिबलमा जिल्लाकै ठूलो धनराशि पुरस्कार रहेको उक्त प्रतियोगिता गत पुस २६ गतेदेखि शुरु भएको थियो । प्रतियोगितामा काठमाडौँ र रसुवाबाहेक ११ जिल्लाको सहभागिता रहेको आयोजक भदौरे गणेश सामाजिक संस्थाका अध्यक्ष रवीन गौतमले जानकारी दिए ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११३.७३११४.३३
European Euro१२६.१७१२६.८४
UK Pound Sterling१४९.२७१५०.०६
Swiss Franc११७.४३११८.०४
Australian Dollar७८.११७८.५२
Canadian Dollar८६.४३८६.८९
Singapore Dollar८४.२९८४.७३