हजारौंले बलिदानी गरेर ल्याएको व्यवस्था ढाल्न ज्ञानेन्द्रको आह्वान, सरकारले प्रतिवन्ध लगाउन सक्ने

४ बर्ष अगाडि

निरंकुश राज्यसत्ताले जनताको हितमा काम नगरेको भन्दै हजारौं नेपालीले बलिदानी गरेर यो व्यवस्था ल्याएको १५ वर्ष पुगेको छैन । 

तर यो व्यवस्था ढाल्न भन्दै खुलेआम गीत मार्फत आह्वान गरेर वर्तमान बहुमतको सरकारलाई चुनौती दिन थालिएको छ । 
  
कुनै बेला बेरोजगार युवालाई रोजगारी वा प्रमाणपत्र धितो राखेर ऋण दिन खुलामञ्चमा आमरण अनसन बस्ने समूहका नेताले यो व्यवस्था ढाल्न भन्दै विदेश बस्ने युवालाई आह्वान गरेका छन् । 

राष्ट्रवादी केन्द्र नेपालका नेता रहेका ज्ञानेन्द्र अधिकारीले युवाहरुलाई विदेशमा बेच्ने व्यवस्था ठीक नभएकोले ढाल्नुपर्छ भन्दै गीतमा आह्वान गरेका छन् । 

अष्ट्रेलिया, युरोप, अमेरिका देखि खाडी मुलुकसम्म दुःख गर्ने नेपालीलाई यो व्यवस्था ढाल्नुपर्छ भन्दै स्वदेशमा फर्कन आह्वान गरिएको छ । 

केही समय अघिमात्रै देशमा ठूलो युद्ध भोगेर आएका नेपाली जनतालाई यो गीतले फेरी बिद्रोह भनेर झस्काएको छ । 

सामाजिक सञ्जाल, मिडिया सबैले सरकारको आलोचना गरेको भन्दै सत्तापक्षले आलोचना गरिहेको बेला आएको यो गीतलाई सरकारले प्रतिवन्ध लगाउने सम्भावना छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया