नेपालमा उखुखेतीका १८ फाईदा, खेती गर्न चाहनेलाई विज्ञको सल्लाह

नेपालमा चिनी दैनिक रूपमा प्रयोग हुने उपभोग्य वस्तुको कच्चा पदार्थ उखु नै भएकोले औद्योगिक तथा नगदे वालीको प्रमुख स्थानमा रहेको छ । यसको खेती औद्योगिक दृष्टिकोणले तराईमा गरीन्छ ।

नेपालमा उखुको उत्पादकत्व बर्षौ देखि ३६ देखि ४६ मेट्रिक टन प्रति हेक्टर मात्र रहेको छ । जुन छिमेकी राष्ट्र भारतको महाराष्ट्रको तुलनामा एक तिहाई मात्रै छ ।

हाम्रै देशका केही अनुभवी कृषकहरूले ९० देखी १०० टन प्रति हेक्टर उत्पादन गरेको रेकर्ड पनि पाईन्छ । नेपालमा कूल चिनीको आवश्यकता (माग) भन्दा थौरे चिनीको उत्पादन भई बाँकी ५० हजार देखि १ लाख क्विन्टलसम्म (लगभग ५५ प्रतिशत) चिनीको माग बाहिरीमुलुकबाट आयात गर्नु परेको अवस्थाले धेरै मुद्रा विदेशीने गरेको छ । जबकी हाम्रो देशमा जम्मा १३ वटा चिनी मिलहरू मध्ये हाल १० वटा मात्र सुचारू रूपले चलिरहेको छ ।

उखु उत्पादनको सम्भावना हेर्ने हो भने प्रकृतीले तराईको लागी वरदान भनेर दिएको छ । हाम्रो माटो, मौसम, भूबनोट, सामाजिक, आर्थिक अवस्था आदी सबै उखुको लागी उत्तम रहेको छ । हाम्रो देशको तराईको जिल्लाहरू मध्ये उखु खेती गरीने जिल्लाहरूमा रौतहट, सर्लाही, सिराहा, महोत्तरी, बारा, पर्सा, नवलपरासी, कपिलवस्तु, रूपन्देही, धनगढी आदी हुन् । उक्त जिल्लाहरू मध्ये मध्यमाञ्चलका सर्लाही, रौतहट, महोत्तरी, बारा र धनुषा तथा पश्चिमाञ्चलका नवलपरासी, कपिलवस्तु जिल्लाहरू क्षेत्रफलको हिसावले बढी नै स्थान ओगेटेको छ ।

नेपालको कुल उखुं उत्पादन २००७ मा हालसम्मको बढी २५.९९ लाख मे.ट. तत् पश्चात २००८ मा २४.८५ लाख र २००९ मा २३.५४ लाख मे.ट. रहेको छ । २०१७/१८ मा ६४ हजार ४८३ हेक्टरमा २९.३ लाख मे.टन उत्पादन भई उत्पादकत्व ४५.४ टन प्रति हेक्टर रहेको छ । नेपाल विश्वमा क्षेत्रफलमा ३५ औं, उत्पादनमा ४१ औं र उत्पादकत्वमा ६७ औं स्थानमा रहेको छ । यसवाट यो प्रष्ट हुन्छ कि बर्षेनी उखुं उत्पादन घटने र पुनः मिलको संख्या बढदा बढेको अवस्था छ । 

२०६७/६८ क्रसिंग सीजनमा श्रीराम सुगर मिल्स, गरूडा रौतहटले लगभग २० लाख क्वी., ईन्दु शंकर चिनी मिल, हरिऔनले २५ लाख क्वी तथा एभरेष्ट सुगर मिल्स, रामनगरले २२ लाख क्वी उखु पेलेको थियो भने गत वर्ष करीब ११ लाख श्री राम सुगर मिल्स, गरूडाले, ३५ लाख ईन्दु शंकर हरियोन र ३४ लाख क्वीनटल एभरेष्ट सुगर गौशालाले पेलेको थियो ।

हाल अन्नपूर्णा र महालक्ष्मी चिनीमिल सर्लाहीमा थप्दा उँखु आपूर्ति विभाजित भएको छ । २०६७ सालमा उखुको भाउ पनि सरकार, उखु उत्पादक, संघ तथा चिनीमिल मालिकको निणर्यले बृद्धि गरी रू. ४११.५ प्रति क्वीन्टल थियो भने हालमा सरकारी अनुदान सहित रू. ६३६ गरेकोले आर्कषक देखिन्छ ।

उखु उत्पादनबाट कृषक, मिल मालिक, कर्मचारी तथा उपभोक्ता सम्पूर्णको हकमा धेरै नै महत्वपूर्ण रहेको छ । तथापी कृषक, कर्मचारी, मिल मालिक तथा उपभोक्ता सबै वर्गमा समस्या नै समस्या रहेको छ जुन सरकार, मिलमालिक, उखु कृषक सबै संबेदनसील हुनु आवश्यक देखिन्छ ।

नेपालमा २४०,००० मे.ट. चिनीको उत्पादन हुन्छ । चिनी सन्मा २०१६/१७ मा रू. ३.६८ अर्वको ५६ हजार एक सय मे.ट. र २०१७/१८ मा रू. ५.७२ अर्वको १ लाख ६ हजार २ सय मे.ट. बाहिरबाट आयात गरिएको थियो । 

उँखु खेती तथा उत्पादनका फाईदाहरू :

  • ठूलो तथा मध्यम किसानले धान, गँहु खेतीमा पटक पटकको श्रमिक एवं खर्च लगाउने झन्झटिलो हुनबाट बच्न सकिन्छ ।
  • उँखुबाट सोझै एकमुष्ठ ठुलो रकम आउन सकिने नगदे बाली हो, जसबाट कुनै ठुलो नयाँ काम गर्न सहयोग मिल्दछ ।
  • उँखु रोपाई तथा कटाईको बेला कृषकहरूलाई फुर्सद रहने भएको हुनाले श्रमिक तथा कृषि औजारहरूको प्रयोगमा कुनै प्रतिष्पर्धा हुदैन । 
  • एक वर्ष लगाएपछि २÷३ वर्ष सम्म काटन सकिने भएको एक रोपाई ३ कटाई गरीने बाली भनिन्छ । जसले गर्दा लागत कम आम्दानी बढी हुन्छ ।
  • उँखु खेतीबाट कटाईको बेला सुकेका पातहरूले गरीबहरूको दाउराको समस्या हल भई वन जंगल कटानीको नियन्त्रणमा पनि सहयोग पु¥याउछ ।
  • उँखुको हरीयो माथिल्लो टुप्पा तथा पात गाई, बस्तुको लागी पोषिलो घाँस मानिएको हुनाले दुध उत्पादन समेतमा सहयोग पु¥याउछ । 
  • यसवाट छाडा पशु पालन नियन्त्रण हुनुका साथै  खाली जमीनको सदुपयोग हुन्छ । 
  • उँखुको सुकेका पात तथा पतिङ्गरबाट घर छाउनुका साथै राम्रो कम्पोष्ट मल बनाउन सकिने भएको हुनाले यसको खेती गर्न बाह्रय रसायनिक मल नभए पनि हुने बाली हो ।
  • उँखु चिनी मिलमा पठाउन नचाहे भेली बनाएर पनि ६०–६५ रू. प्रति के.जी को दरले बेचेर राम्रो आम्दानी गर्न सकिन्छ वा खादसारीमा पनि पठाएर आम्दानी गर्न सकिन्छ । 
  • उँखु खेती अरू बाली गर्न नसकिने जग्गा जस्तै पानी जम्ने, कम मलिलो, अम्लिए, क्षारीय माटो असिचिंत समेतमा गर्न सकिन्छ । 
  • उँखु खेतीलाई उम्रेको केही दिन पछि असिना, धेरै चिसो, छाडा गाईबस्तुले धेरै नोक्सान पु¥याउन सक्दैन । 
  • उँखु खेतीमा ढुवानी, कटानी, रोपाई माटो चलाउन तथा मिलमा कर्मचारी श्रमिकहरूको धेरै आवश्यकता भएको हुनाले बेरोजगारी समस्या समेत समाधान गर्न सकिन्छ।
  • उँखु बालीको उम्रने अवधि लामो तथा बृद्धि विस्तारै हुने भएकोले दुई वटा पंक्तिको बीचमा अर्को नगदे बालीहरू जस्तै ः तोरी, मसुरो, धनिया, खुर्सानी, हरियो मल बाली जस्तै ः मुंग, बोडी उत्पादन गरी अतिरिक्त फाईदा लिन सकिने बाली हो 
  • धेरै रोग किरा नलाग्ने, लागे पनि एकदमै धेरै नोक्सान नहुने बाली हो ।
  • सिचांईको सुविधा मै भर नपर्ने बाली हो ।
  • उँखुबाट भेली बनाउदा लाग्ने सम्पूर्ण दाउरा उँखु पेल्ने मेशीनबाट निस्किने सिटीबाट प्राप्त गर्ने गरीन्छ ।
  • चिनी मिलले यसको उपउदपादहरू जस्तैः स्पिरिट, अलकोहल, मोलासीयस, कागज, प्रेसमड, विजुली तथा मल पनि बनाएर थप आम्दानी गर्ने गरिन्छ ।

उँखु खेती फस्टाउन नसक्नुका कारणहरू :
(क) कृषकस्तरका :

  • कृषकले एकदमै हेलचक्रयाई गरी उँखु खेती गरेको ।
  • गरीब कृषकहरूले रोप्ने बेला मल, वीउ, लेबरको बढी लागत धान्न नसकेको ।
  • सिफारिस अनुसारको उन्नत खेती प्रविधि अपनाउन नसक्नु ।
  • बीमा, ऋण तथा वितिय सुविधा प्राप्त नगर्नु ।
  • सिचांई, मल चाहिएको बेलामा उपलब्ध नहुनु ।
  • उखु ढुवानी गर्न चिनी मिलबाट दिईने पुर्जी (चलान) समयमा नपाउनु एकको चलान अर्कोलाई दिनु वा बेच्नु ।
  • उँखु ढुवानीका साधन नपाउनुका साथै ढुवानी साधन तौल हुने (संकलन केन्द्र) काँटा÷मिलबाट छिट्टै खाली नहुनु ।
  • तौलको बेला जरतीको नाममा २ देखि २० प्रतिशतसम्म काटनु ।
  • उँखुको रकम पाउन धेरै समय लाग्नु ।
  • चिनी मिलको प्राविधिकबाट प्राविधिक सहयोग सरसल्लाह नपाउनु ।
  • उँखु ढुवानी फाल्गुन भित्र गर्न सकियो भने निःशुल्क कटानी हुने, पछि गर्मीको कारण घाँस कम प्राप्त तथा मसुरो गहुँ कटानीमा व्यस्त हुने भएकोले पछि ढुवानी गर्न उचित नमान्ने । 
  • चिनी बढी पर्ने उदेश्यले मिलले समयमा मिल चालु नगर्नाले कृषकलाई अनावश्यक दुःख हुनु ।

(ख) चिनीमिल स्तरका :

  • मिलले सही तथ्यांक (जात, किसान, क्षेत्रफल, अनुमानित उत्पादन) नराख्नु ।
  • मिल सुचारू रूपले नचली मेशिनरी समस्या हुनु ।
  • मिलमा दैनिक क्रसिङ्गको क्षमता बढी उखु मिल ÷ काँटामा भीड लाग्नु ।
  • मिलमा कर्मचारीहरूद्धारा हडताल बन्दी हुनु ।
  • नियमीत तरीकाले उखु ढुवानी नहुनु ।
  • उखु प्राविधिकहरूले छिटो, मुख्य सिजन तथा ढिलो जातका उखुहरूको खेती न गराई जथाभावी गराउनु ।
  • नगदी किन्न सक्ने पुँजी नहुनु, चिनी तुरून्तै विक्री गर्न न सक्नु ।
  • धेरै चिनी पर्ने उखु÷खुंटी जात व्यस्थित भएर मिलमा नपुग्नु ।
  • कहिले काही ट्रक, टैक्टर, विग्रेर जाममा पर्नुले मिल निरन्तर रूपमा नचल्नु ।
  • मिलमा क्षेत्रफल उत्पादन तथा मिलको क्रसिङ्गको क्षमताको तालमेल न मिल्नु ।
  • कर्मचारीहरूले कृषकबाट पैसा लिई चलान दिनु ।
  • काँटामा एकको उखु अर्कोमा थपेर वा बजन घट बढ गर्नु ।
  • उँखु सालै भरि प्राप्त नहुनुका साथै भंडारण गर्ने व्यवस्था नहुनु ।
  • मिलले आफनो एरीयाको उखु हुदाँ हुदै अर्को मिलका कृषकको उखु नगदी खरीद गर्नु ।
  • नियमित कृषकको रकम नदिइ अनियमित कृषकको रकम अनियमित तरीकाले भूक्तानी दिनु ।
  • संगठित र व्यवस्थित तरीकाको कमी तथा मीलबाट समयमा अनुगमन नहुनु ।
  • मोरहन र ख्ुाटी उखु उत्पादनका प्रविधि राम्रो किसिमले कृषकलाई नदिनु ।

 (ग) नेपाल सरकार स्तरको :

  • सरकारको नितीमा उखुलाई प्राथमिकतामा न पार्नु तर अव उखुलाई राष्ट्रिय बालीको रूपमा घोषण भएको ।
  • सिचांई, उन्नत जातको विउ तथा मलको उपलब्धता समयमा न गराउनु ।
  • उखुमा अध्ययन अनुसंधान गराउन नठान्नुका साथै उक्त विषयमा उद्योगपतिलाई जिम्मेवारी हुने धारणा हुनु ।
  • बीमा, वितिय सुविधा अनुदान तथा ऋण विधिवत तरीकाबाट उपलब्ध गराउन नसक्नु ।
  • चीनी मिललाई रूग्न उद्योगको व्यवस्था नहुनु जसले मर्कामा परेको मिल धनीले सहुलियत पाउन सक्ने ।
  • कम उत्पादन लागत लाग्नका लागि उन्नत कृषि औजार ( जोत्ले, रोप्ने, कटाई) मेशिनरीको व्यवस्था न गराउनु ।
  • उखुँको भाउ निर्धारण, सम्झौता, चिनी आपुर्ती तथा आयात निर्यातको नितिगत व्यवस्था  नमिलाउनु । 
  • स्थानीय तथा प्रदेश सरकारले उखु उत्पादन प्रविधि विकास, प्रवद्र्धन तथा समस्या समाधानमा सहयोग नगर्नु ।
  • कृषक, कर्मचारी तथा मिल बीचको द्धन्दको अनुगमन तथा सही सहजीकरण नगर्नु ।
     
४ बर्ष अगाडि

प्रतिक्रिया