सामाजिक सञ्जाल विज्ञापनमा कर !

५ बर्ष अगाडि

काठमाडौं। लाखौं नेपालीले दैनिक र नियमित रूपमा प्रयोग गर्ने तर करको दायरामा नपरेका कारण त्यसै गुमेको सामाजिक सञ्जाल फेसबुक र ट्वीटरको विज्ञापनमा पनि कर लगाउने विषयले बजार तताएको छ । प्रतिनिधिसभाअन्तर्गतको विकास समितिले फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जालमा विज्ञापन गरेबापत ठूलो रकम बाहिरिएको भन्दै करको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएपछि सामाजिक सञ्जाल प्रयोगकर्तालाई तताएको छ ।

चौतर्फी करको मारमा परेका जनतालाई यो विषयले फेरि एकपटक झकझकाएको भए पनि फेसबुक र ट्वीटरजस्ता सामाजिक सञ्जालमा प्रयोग हुँदै आएका विज्ञापनमा कर लगाउँदा त्यसले यसका उपभोक्तालाई प्रत्यक्ष असर गर्दैन । यस्तो सेवामा प्रयोग हुँदै आएको विज्ञापनमा राज्यले कर लगाउँदा हालसम्म त्यसै गुमेको रकम सरकारी कोषमा जम्मा हुनेछ । जसले सिंगो मुलुकलाई नै फाइदा पुग्छ ।
समाजिक सञ्जालमा प्रयोग भएका विज्ञापनबापत लगाइने करले उपभोक्तालाई भने कुनै असर गर्दैन । सामाजिक सञ्जालका सञ्चालकले नेपालको कर कानुनको छिद्रलाई समातेर प्राप्त गरेको सफलता तोडिने सरकारी संयन्त्रको बुझाइ छ । अाजकाे राजधानी दैनिकमा खबर छापिएकाे छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया