अलाइभएसिया नेपालको अध्ययन, बिरामीहरुको अधिक तौल

५ बर्ष अगाडि

काठमाण्डौँ । अलाइभएसिया नेपाल द्वारा आयोजित प्रसिद्ध धारमीक स्थल पशुपतिनाथ मन्दिर परिसरभित्र पञ्चदेवलको पुर्वि सतलमा स्थित वरान्दामा सफलतापूर्वक २०७५ श्रावण महिनाको तिन सोमवार (१४, २१ र २८ गतेका दिन) बिहान ७ बजे देखी बेलुकी ४ बजे सम्म निःशूल्क स्वास्थ्य शिविर गरियो जसमा ३३३ जना बिरामीहरुलाई रक्तचाँप, पल्स, बि.एम.आई र साधारण स्वास्थ्य परिक्षण गरिनुकासाथै बिरामीहरुलाई ग्यासट्राइटिस्, कबजियत, डिहाईड्रेसन, झाडापखाला, हैँजा आदि जस्ता ज्यानै लिने रोगहरुको बारेमा  वरिष्ट डाक्टरहरु (मनिस श्रेष्ठ, नितु रानी स्वर्णकार, विशाल ठाकुर) बाट  परामर्श दिइयो ।
 अलाइभएसिया नेपालका अध्यक्ष ऋषि साहको भनाई अनुसार ४.८० ५ (प्रतिशत) बिरामीहरु कम तौल, २१.६२ ५ (प्रतिशत) मध्यम तौल र ७३.५८ ५ (प्रतिशत) बिरामीहरु अधिक तौल भएको पाइयो । बिरामीहरुमा ५०.१५ ५ (प्रतिशत) पुरुष र  ४९.८५ ५ (प्रतिशत)  महिला रहेको थियो । विशेष गरि वर्त बसेका महिलामा रक्तचाँप कम भएकोले रिङ्गटा लाग्ने, टाउँको दुख्ने, पेटमा ग्यास बन्ने जस्ता समस्याहरु बढी देखा परेको थियो । कतिपय बिरामीहरुमा शल्यक्रियानै गर्नुपर्ने तर जाच गराउने रुपैयाको अभावमा रोगलाई पालेरै बस्नुभएको पनि देखिएको थियो र त्यसता केहि बिरामीहरुलाई उपचार अलाइभएसिया नेपालले गराईदिने निधो गरे । अरु व्यक्तीको दाजोमा प्रहरी जवानहरुको शारिरिक स्वास्थ्य राम्रो देखियो । 
अलाइभएसिया नेपाल गैर सरकारी तथा गैर नाफामूलक सामाजिक संस्था हो जसले शिक्षा, स्वास्थ्य तथा वातावरणमा आफ्ना अथक प्रयासहरु गरी समाज सेवा गर्दै आएको छ र स्वास्थ्य क्षेत्रमा केहि योगदान दिने सोच बोकि हाम्रो समाज सुधारक कार्यमा हात बटाउने तथा उद्दार हृदय भएका पुण्यात्माहरुमा अलाइभएसिया नेपालका सचिव कुन्दन कुमार सागर  आभार प्रकट गरेका छन् । 
साथै यस अलाइभएसिया नेपाल द्वारा सञ्चालित निःशूल्क स्वास्थ्य शिविरलाई सफल पार्न मद्दत गर्नुहुने पशुपति विकाष कोष, दिर्घायू गुरु अस्पताल एण्ड रिसर्च सेन्टर, नव अमर कान्तेश्वर कल्ब, सृजनशिल यूवा कल्ब, लायन्स एण्ड लियो कल्ब एवम् अलाइभएसिया नेपालका सदस्यहरु, स्वयम् सेवक तथा प्रत्यक्ष वा अप्रत्यक्ष रुपले सहयोग गर्ने महान आत्माहरुमा अलाइभएसिया नेपाल परिवार कृतज्ञ रहेको र आगामी दिनहरुमा अझै व्यवस्थित र फलदायी कार्यक्रम ल्याउने भनी अलाइभएसिया नेपालका उपाध्यक्ष मुकेश चन्द्र साहले जानकारी गराउनुभयो ।

५ बर्ष अगाडि

प्रतिक्रिया