चीनले बनायो सबैभन्दा ठूलो 'आकाश हेर्ने आँखा'

४ बर्ष अगाडि

चीनले विश्वको सबैभन्दा ठूलो आकाश हेर्ने रेडिओ टेलिस्कोप सञ्चालनमा ल्याएको छ । 

ब्रह्माण्डका े सबैभन्दा टाढासम्म अँध्यारोमा पनि हेर्न सक्ने दक्षिण चीनका पहाडहरूको बीचमा स्थापना गरिएको उक्त टेलिस्कोप जनवरी १२ देखि सञ्चालनमा आएको हो ।  

ब्रह्माण्डका  उत्पत्ति र अन्य जीवका बारेमा खोज गरेर तथ्य पत्ता लगाउन स्थापना गरिएको टेलिस्कोपको नाम फाइभ हन्ड्रेड मिटर एपेर्चर स्पेरिकल टेलिस्कोप (एफएएस्टी) राखिएको छ ।  फास्टको रुपमा चिचिने यो रेडिओ टेलिस्कोपको उपनाम चीनले  ‘आकाश आँखा’ भनेर राखेको छ । 

आधा किलोमिटर ब्यास रहेको उक्त टेलिस्कोप विश्वको सबैभन्दा ठूलो र शक्तिशाली छ । 

यसअघि अमेरिकाको प्वेर्टो रिकोमा रहेको ३०५ मिटर ब्यासको टेलिस्कोपलाई सबैभन्दा ठूलो मानिन्थ्यो । 

तर चीनले स्थापना गरेको फास्ट सबैभन्दा ठूलो र विश्वका अन्य रेडिओ टेलिस्कोपभन्दा २ दशमलव ५ गुणाले बढी संवेदनशील रहेको बीबीसीले जनाएका ेछ । 

ब्रह्माण्डको उत्पत्ति र विकासका बारे नयाँनयाँ कुरा पत्ता लगाउने अपेक्षा राखिएको उक्त उपकरण मुख्य रुपमा   गुरुत्वाकर्षण तरङ्गको खोजसँग सम्बन्धित काम गर्ने बताइएको छ । 

अन्तरिक्षमा भएका नचिनिएका पदार्थ र अन्य ग्रहका जीवका सम्भावित सङ्केतहरूको अध्ययन गर्नका लागि स्थापना गरिएको यन्त्रले परीक्षणकालमा नै १०२ नयाँ पल्सर भनिने तरङ्ग छोड्दै घुम्ने तारा पत्ता लगाएको छ।

फास्टको अन्तरिक्षमा रहेका हाइड्रोजनजस्ता ग्यासहरूको अध्ययन पनि गर्न सक्छ । 

१८ करोड अमेरिकी डलरमा निर्माण भएको फास्ट टेलिस्कोप ४ हजार ४०० वटा अल्मुनियमका घुमाउन मिल्ने पाताहरु जोडेर बनाइएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया