बलिउड अभिनेत्री सुजाताको निधन

५ बर्ष अगाडि

मुम्बई – बलिउड अभिनेत्री सुजाता कुमारको निधन भएको छ । फिल्म ‘इग्लिश विग्लिस’की यी अभिनेत्री लामो समयदेखि क्यान्सर रोजसँग जुध्दै आएकी थिइन् । उनको उपचारको क्रममै निधन भएको हो । उनी पछिल्लो चलचित्र ‘इग्लिश विग्लिस’ हो ।
निर्देशक शेखर कपुरको एक्स श्रीमती समेत रहेकी उनको निधनको खबर बहिनी सुचित्रा कृष्णामुर्तिले ट्वीटरबाट सार्वजनिक गरेकी हुन् । सुचित्रा अभिनेत्री र चर्चित गायिका पनि हुन् । 
फिल्म ‘इग्लिश विग्लिस’मा सुजाताले अभिनेत्री श्रीदेवीको बहिनीको भुमिका निर्बाह गरेकी थिइन् । चौथो स्टेजमा क्यान्सर पुगेको कारण सुजाताको शरिरको केही अंगले काम गर्न छोडिसकेको थियो ।
२०१२ मा उनले ‘इग्लिश विग्लिस’ रिलिजको समय आफ्नो क्यान्सर पुरै ठिक भएको बताएकी थिइन् । १९ अगष्ट २०१८ राती ११  बजेर २६ मिनेटमा सुजाताको निधन भएको उनको बहिनी सुचित्राको ट्वीटमा उल्लेख छ । 
‘इग्लिश विग्लिस’ पहिला आफ्नो साथमा कुनै राम्रो चलचित्र नआएको सुजाताले केही पहिले अन्तर्वाताको क्रममा बताएकी थिइन् । उनले ‘गोरी तेरे प्यार मे’ र ‘रांझना’मा पनि काम गरेकी थिइन् । चलचित्रको अलवा उनले टिभी सिरियलमा पनि काम गरेकी छन् ।
सुजाताले स्टार वानको शो ‘होटल किंगस्टन’ र अनिल कपुरको शो ‘२४’मा पनि काम गरेकी थिइन् । उनी अभिनेत्रीको अलवा निकै राम्रो मानिस भएको समेत बलिउड मिडियाले चर्चा गरेका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया