३७ लागिन् रेखा : अभिनयमा सफल,राजनीतिमा असफल

५ बर्ष अगाडि

काठमाडौं – अभिनेत्री रेखा थापा ३७ वर्ष लागेकी छन् । आज अर्थात भाद्र ५ गतेबाट उनी ३७ टेकेकी हुन् । आज नै उनले आफ्नो नजिकका पत्रकार तथा चलचित्रकर्मीसँग जन्मदिनको खुसी केक काटेर साट्दै छिन् । अभिनेत्रीको रुपमा प्रवेश गरेकी रेखालाई पछिल्लो समय चलचित्र क्षेत्रमा अभिनेत्री, निर्माता र निर्देशकको रुपमासमेत चिन्ने गरिन्छ ।

पूर्वी नेपालमा जन्मिएकी रेखा सौन्दर्य प्रतियोगिता हुँदै अभिनयमा भित्रिएकी हुन् । नरेश पौडेलको निर्देशन तथा छविराज ओझाको निर्माण रहेको चलचित्र ‘हिरो’बाट अभिनयमा डेब्यू गरेकी रेखाले २ सय हाराहारी चलचित्र अभिनय गरेकी छन् । ती मध्य धेरे हिट छन् ।

हिरोको एक्सन चल्ने समयमा एकाएक एक्सनमा देखेर चलचित्रमा नारी एक्सन भित्रयाउन सफल रेखाको करिब १६ वर्षदेखि चलचित्र अभिनयमा क्रियाशिल छिन् ।

पत्रकारलाई हिर्काउने देखि पुष्पकमल दाहाल ९प्रचण्ड०सँग नाचेर समय समयमा विभिन्न कारणले चर्चा रहन सफल अभिनेत्री रेखा अहिले भने एक्लो छिन् । केही बर्ष अगाडि निर्माता छबिराज ओझासँग छुट्टिएर उनी एक्लै रहदै आएकी हुन् ।

चलचित्र क्षेत्रमा अभिनेता राजेश हमालदेखि निखिल उप्रेती, विराज भट्ट, आर्यन सिग्देल लगायत धेरै अभिनेतासँग काम गरेकी रेखाको कुनैपनि हिरोसँग राम्रो सम्बन्ध लामो समय रहन सकेन । स्टारडमको घमन्ड गर्दै सबैसँग सम्बन्ध बिगारेकी रेखा पछिल्लो समय सम्बन्ध सुर्धान तिर लागेकी छन् । किनभने केही समययता उनको चलचित्रले दर्शक तान्न सकेन । 

केही पहिले अभिनेता आर्यन सिग्देलसँग सम्बन्ध सुधार्दै उनले एक चलचित्र निर्माण गरेकी थिइन् । उक्त चलचित्रले न त दर्शकको मन जित्यो । न त उनको लगानी सुरक्षित नै गर्यो । 

दर्शकको रोजाइमा अभिनय पर्न छोडेपनि उनी निर्माण र अभिनयमा भने निरन्तर देखिदै आएकी छन् । बाहिरी भन्दा पनि उनलाई होम प्रोडक्सनको चलचित्रमा मात्र देख्न पाइन्छ । 

उनले अहिले निर्माण गरेको चलचित्र ‘मालिका’ प्रदर्शनको तयारीमा छ । बालबिबाह बिषय बनाइएको यो चलचित्र चल्छ चल्दैन, यसै भन्न सकिन्न । पछिल्लो समय उनको स्टारडम खस्किएकोले पनि उनको चलचित्रले लगानी उठाउन नसकेको तर्फ पुराना चलचित्रकर्मीको रहेको छ । 

हुन त चलचित्र क्षेत्रमा स्टारडम खस्कदै जान थालेपछि राजनीति रोजेकी रेखा तत्कालिन समयमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँंग कम्मर मर्काउदै माओवादी छिरेकी थिइन् । 

त्यसपछि उनी कमल थापाको बिचार मन पर्यो भन्दै राप्रपा प्रवेश गरिन् । । अहिले कमल थापा छोडेर उनी राप्रपाका अर्का नेता पशुपतिशम्शेर राणा समूहतिर ढल्किएकी छन् । यता र उता भौतारिने शैलीले उनको राजनीतिक करियर भने उभो लाग्न सकेको छैन । उनीसँगै राप्रपा छिरेकी गायिका कोमल ओली भने नेकपा एमाले प्रवेश गरेर सांसद भइसकेकी छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया