युद्ध गर्दागर्दै सरकारसँग वार्ता गर्न पुगेका सापकाेटा हुने भए सभामुख

४ बर्ष अगाडि

संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको सभामुख अग्नि सापकोटा हुने पक्का भएकाे छ । 

प्रतिनिधि सभामा नेपाल कम्युनिष्ट पार्टी  (नेकपा)काे बहुमत भएकाे कारण नेकपाका उम्मेदवार सापकाेटा सभामुख हुने पक्का भएको हो । 

आजमात्रै नेकपाले सापकोटालाई सभामुख पदको उम्मेदवार बनाउने निर्णय गरेकाे हाे । 

काे हुन सापकाेटा ?

२०७४ सालमा भएको संसदीय निर्वाचनमा सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ मा काँग्रेसका प्रभावशाली नेता मोहन बस्नेतलाई हराउँदै निर्वाचित भएका अग्नि सापकोटा सिन्धुपाल्चोकको चौतारा ६ कुविण्डेमा २०१४ साल फागुन २४ गते जन्मिएका हुन् ।

सापकोटा साविकको सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट संविधानसभामा दुई पटक भारी मतान्तरले विजयी भएका थिए ।

०३५ सालबाट राजनीतिमा सक्रिय सापकोटाले पटक–पटक जेल जीवन बिताएका छन् ।

०४८ सालमा संयुक्त जनमोर्चाकातर्फबाट प्रतिनिधिसभा निर्वाचनमा उमेदवार बनेका उनी पराजित भएका थिए ।

०५१ सालमा तत्कालीन माओवादीको केन्द्रीय सदस्य बनेका सापकोटा माओवादी र सरकारबीच भएको दोस्रो वार्तामा वार्ता टोली सदस्य समेत थिए ।

सापकोटाले समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

०५२ सालबाट भूमिगत भएका उनी माओवादी शान्तिप्रक्रियामा नआउँदासम्म पूरै समय भूमिगत बसेका थिए ।

सापकोटाले यसअघि सूचना तथा सञ्चार र वन मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया