तुम्वाहाङ्फेले प्रतिनिधिसभाको पहिलो चरणको बैठकको अध्यक्षता गर्ने

४ बर्ष अगाडि

काठमाडौँ – उपसभामुख शिवमाया तुम्वाहाङ्फेले सोमबार तय भएको प्रतिनिधिसभाको पहिलो चरणको बैठकको अध्यक्षता गर्ने भएकी छिन् । त्यसपछि उनले राजीनामा दिएर सभामुखको निर्वाचन प्रक्रियाका लागि मार्गप्रशस्त गर्नेछिन् । 

सिंहदरबारमा सोमबार बिहान नेकपा  संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक देव गुरुङ, काँग्रेसका संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँड र  सचेतक पुष्पा भुसालसँग छलफल गरेपछि उनले नै पहिलो चरणको बैठक सञ्चालन गर्ने र त्यसपछि राजीनामा दिनेबारे समझदारी भएको हो । 

उनको राजीनामापछि जेष्ठ सदस्यको हैसियतमा राजपा सांसद महन्थ ठाकुरले राजीनामा पत्र बढेर सुनाउनेछन् । 

सिंहदरबारमा भएको छलफलपछि शिवमाया पहिलो चरणको बैठक आफैले सञ्चालन गर्ने प्रतिक्रिया दिँदै संसद भवन नयाँ बानेश्वरतर्फ लागेकी छिन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया