नेपालमा रहेकाे विदेशी मुद्राले ८ महिना आयात धान्न पुग्ने

४ बर्ष अगाडि

नेपालामा हाल ८.३ महिनासम्म वस्तु तथा सेवा आयात धान्न सक्ने विदेशी मुद्रा रहेको छ । 

नेपाली बैंकहरुमा २०७६ मंसिर मसान्तमा रु.१० खर्ब ८८ अर्ब ३१ करोड विदेशी मुद्रा सञ्चिति रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

अमेरिकी डलरमा यस्तो सञ्चिति ९ अर्ब ६३ करोड हो । 

राष्ट्रबैंकका अनुसार आर्थिक वर्ष २०७६/७७ को पाँच महिनासम्मको आयातलाई आधार मान्दा सो विदेशी मुद्राले ८.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुन्छ । वस्तु मात्रै आयात गर्ने हो भने ९.५ महिनाको लागि पुग्ने छ । 

गतवर्षको अन्त्यसम्म रु.१० अर्ब ३८ अर्ब ९२ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति पाँच महिनाको अवधिमा ४.८ प्रतिशतले वृद्धि भएको छ । 

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रु.९ खर्ब ४६ अर्ब २९ करोड र अन्य बैंक तथा वित्तीय संस्था सँग रु.१ खर्ब ४२ अर्ब ३ करोड छ । 

नेपालमा रहेको विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.५ प्रतिशत रहेको राष्ट्रबैंकको तथ्यांक छ । 

यो अवधिमा विदेशी विनिमय सञ्चितिको अनुपात कुल गार्हस्थ्य उत्पादनमा ३१.४ प्रतिशत,  अनुमानित वार्षिक आयातमा ६९.४ प्रतिशत  र विस्तृत मुद्राप्रदायसँग २९.३ प्रतिशत रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया