१ सय ३८ वटा बैंक तथा वित्तिय संस्था घटे, ६ सय ११ शाखा बढे

४ बर्ष अगाडि

नेपालमा अहिलेसम्म १ सय ३८ वटा बैंक तथा वित्तिय संस्था घटेका छन् ।

नेपाल राष्ट्रबैंकले मर्जर प्रकृया शुरु गरेदेखि १ सय ३८ खारेज भएको बताएको छ  । 

कूल १८१ बैंक तथा वित्तीय संस्था मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भएका मध्ये खारेजपछि अहिले ४३ संस्था कायम भएको राष्ट्रबैंकले जनाएको छ । 

चालू आर्थिक वर्षको ५ महिनामा भने ६ वटा संस्था घटेका छन् । यो अवधिमा १ सय ७१ बाट घटेर १ सय ६५ बैंक तथा वित्तिय संस्था कायम भएको राष्ट्रबैंकले जनाएको छ । 

राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाको संख्या २०७६ मंसिर मसान्तमा १६५ रहेको छ । जसमध्ये २७ वाणिज्य बैंक, २४ विकास बैंक, २२ वित्त कम्पनी, ९१ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक छन् । 

यो पाँच महिनामा बैंक तथा वित्तिय संस्थाको शाखा भने ८ सय ११ ले बढेको छ। गत असार मसान्तमा ८ हजार ६ सय ८६ रहेको बैंक तथा वित्तिय संस्थाको संख्या मंसिर मसान्त सम्म ९ हजार २ सय ९७ पुगेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया