मलेसियाद्वारा धनी राष्ट्रका फोहोरले भरिएका १५० जहाज फिर्ता

४ बर्ष अगाडि

मलेशियाले प्लाष्टिकजन्य फोहोर रहेका १५० वटा ढुवानी कन्टेनर फिर्ता गरिदिएको छ ।

तिनले अमेरिका, बेलायत, फ्रान्स र क्यानडाजस्ता धनी राष्ट्रका फोहोर बोकेका थिए ।
मलेशियाले आगामी दिन आफ्नो देश ‘डम्पिङ साइट’ नहुने बताएको छ ।

सन् २०१८देखि उक्त दक्षिण–पूर्वी एशियाली देशमा अनाधिकृत रुपमा प्लाष्टिकजन्य फोहारको ढुवानी ह्वात्तै बढेको छ । 
चीनमा संचालित ठूलो पुनरचक्रिय उद्योगमाथि त्यहाँको सरकारले प्रतिबन्ध लगाएपछि विश्वका धनाढ्य राष्ट्रका फोहोर चीनका छेउछाउ देशमा अनधिकृत रुपमा लान थालिएको छ । 

त्यसमा पनि मलेशिया मुख्य गन्तव्य बन्न थालेको थियो । मलेशियाली सरकारले अनधिकृत रुपमा भइरहेको यी कार्यविरुद्ध कदम उठाएको हो । 
सोमबार मलेशियाका वातावरणमन्त्री यीओ बी–यीनले फोहोर बोकेका ढुवानी कन्टेनर फिर्ता गरिएकोबारे जानकारी दिदै १३ देशका ३७३७ मेट्रिक टन फोहोर फिर्ता गरेको बताइन्

। 
फिर्ता गरिएका १५० ढुवानी कन्टेनरमध्ये ४३ फ्रान्सका थिए, ४२ संयुक्त अधिराज्य फिर्ता गरिएका थिए । त्यस्तै अमेरिकाका १७ जहाज छन् भने क्यनाडाका ११ छन् । 

एक लामो फेसबुब पोस्टमा यिओले लेखेकी छन् ,‘ मलेशिया विश्वको फोहोर फाल्ने ‘डम्पिङ साइट’ नहोस् भनेर सरकारले कदम उठाएको छ । ’
हाल फिर्ता गरिएको कन्टेनरको खर्च गन्तव्य देश र जहाज संचालक कम्पनीले बेहोर्ने यिओले बताइन् । 

चीनले वातावरण सफाइको लागि भन्दै दुई वर्षअघि प्लाष्टिकजन्य फोहोरको निर्यातमा प्रतिबन्ध लगाएको थियो । त्यस कदमले फोहोर अन्य देशमा फाल्ने देशमा खैलाबैला मच्चिएको थियो । 

भर्खरै ग्रिनपिसले सार्वजनिक गरेको एक रिपोर्ट अनुसार सन् २०१८ को पहिलो सात महिनामा अमेरिकाबाट मलेशिया निर्यात हुने प्लाष्टिक फोहोर अघिल्लो वर्षको तुलनामा दोब्बर रहेको थियो । 
अघिल्लो वर्ष फिलिपिन्सले क्यानडाबाट आएको फोहोरविरुद्ध यस्तै अडान लिएको थियो । 

अघिल्लो वर्ष मेमा १८७ देशका सरकारले प्लाष्टिकलाई बेसेल महासन्धीमा  थप्न सहमती जनाए । यो सन्धीले फाहोर सामाग्रीलाई एक देशबाट अर्को देशमा हुने ढुवानीलाई नियमन गर्छ । अमेरिकी सरकारले पनि त्यसमा सहमती जनाएको छैन । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया