ज्योति समूहको विवाद बाहिरियो, शेयर भागबन्डामा झगडा

४ बर्ष अगाडि

काठमाडौं।हिमालयन बैंकको संस्थापक शेयरको भागबन्डा गरेसँगै ज्योति समूहको पारिवारिक विवाद सार्वजनिक भएको छ। समूहअन्तर्गतको स्याकार कम्पनीको शेयर परिवारको अन्य दुई कम्पनीमा बिक्री गरिएसँगै विवाद बाहिर आएको हो।

पछिल्लो समय कम्पनीको दुईवटा कारोबार भएका छन्। यो शेयर ४० र ४३ नम्बर ब्रोकर कार्यालयबाट किनबेच भएको हो। शुरूमा ४३ नम्बर ब्रोकरले ४० नम्बर ब्रोकरलाई ४ लाख २१ हजार ७ सय ५३ कित्ता शेयर बिक्री गरेको थियो।

अर्को कारोबारमा भने ४० नम्बर ब्रोकरले ४३ नम्बर ब्रोकरलाई ४ लाख २१ हजार ७ सय ५४ कित्ता बिक्री गरेको छ। दुवै कारोबार प्रतिकित्ता २ सय ९० रुपियाँका दरमा भएका छन्।

हिमालयन बैंकमा स्याकारको कुल एक (०.९९) प्रतिशत शेयर छ। अब स्याकारको हिस्सा घटेर ज्योति समूहको अन्य दुई कम्पनीमा गएको छ।

‘आजको शेयर कारोबार दाजुभाइबीचको आन्तरिक भागबन्डा मिलाउनका लागि हो,’ स्रोतले भन्यो– ‘अझै केही कम्पनीको शेयर हस्तान्तरण हुन बाँकी छ।’

स्रोतका अनुसार भाइ डा. रूप ज्योति जग्गा विवादमा फसेपछि यो समूहमा विवाद चर्किएको थियो। विवाद चर्किएपछि औपचारिकरूपमा सगोलमा रहेका कतिपय कम्पनीको शेयर बाँडफाँट गर्ने प्रक्रिया अघि बढेको हो।

हिमालयन बैंकको संस्थापक शेयरको बाँडफाँडले नेपालको सबैभन्दा पुरानो घराना ज्योति समूहको अंशबन्डा औपचारिकरूपमै शुरू भएको देखिएको छ।नेपाल समाचारपत्रमा खबर छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया