स्वर्गद्वारीकी उपमेयरद्वारा १९२ सुत्केरीलाई कोशेली!

४ बर्ष अगाडि

जिल्लाको स्वर्गद्वारी नगरपालिकाले १९२ जना सुत्केरी महिलालाई कोसेली सामग्री वितरण गरेको छ ।

‘उपमेयरसँग कोसेली’ कार्यक्रममार्फत नगर क्षेत्रका ७ वटै स्वास्थ्य संस्थामा पुरेर केसेली वितरण गरिएको हो । 

स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलालाई भेलासँगै हाइजिनिक किटर, सेनेटरी प्याड, नेलकटर, बेबी बक्स, बेबी आयलसहित ९ प्रकारका सामग्रीहरु वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख दलबहादुर केसीले बताए । 

नगरपालिकाको कोचिवाङ, स्वर्गद्वारी, बर्जिवाङ, भिग्री, सारी र सोत्रे स्वास्थ्य संस्थामा पुगेर    सुत्केरी महिलालाई २ हजार ५०० बराबरको कोशेली बाँडिएको उनले जानकारी दिए । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया