गण्डकी बिकास बैंकको नयाँ व्याजदर घोषणाः फिक्स डिपोजिटमा १०%, कर्जामा कति ?

४ बर्ष अगाडि

काठमाडौं – गण्डकी बिकास बैंकले बचत र कर्जाका लागि नयाँ व्याजदर सार्वजनिक गरेको छ । आज (बुधबार) देखि नै लागू हुने गरि बैंकले नयाँ व्याजदर तोकेको हो । 
बैंकले सामान्य बचतदेखि नारी बचत, बाल विकास बचत लगायतका बचत खातामा ६.५ प्रतिशत व्याज दिने बताएको छ । यी खातामा न्यूनतम रू. १ देखि ५ हजारसम्म पैसा हुनुपर्ने बताइएको छ । 
यस्तै, कल एकाउन्ट (बिएफआई), कल एकाउन्ट (कर्पाेरेट) र कल एकाउन्ट (व्यक्तिगत) मा ६.५ प्रतिशत भन्दा बढी व्याज दिने बताएको छ । यसैगरि बैंकले फिक्स डिपोटि १० प्रतिशत व्याज दिने घोषणा गरेको छ ।
यस्तै, बैंकले बिभिन्न प्रकारको कर्जाको पनि नयाँ व्याजदर निर्धारण गरेको  छ । हाल बैंकको बेस रेट ११.१२ प्रतिशत छ । त्यसमा थप प्रिमियम जोडेर बैंकले व्याजदर निर्धारण गरेको छ । बैंकले हाउजिङ लोनमा २ देखि ६ प्रतिशत प्रिमियम जोड्ने बताएको छ । 
यस्तै, ५० लाख भन्दा तलको व्यक्तिगत कर्जा प्रवाह गर्दा बेस रेटमा ५ देखि ६ प्रतिशत प्रिमियम जोडेर व्याज दिने बैंकले बताएको छ । साथै, इजी लोनमा पनि ६ प्रतिशत प्रिमियम जोडिने बताइएको छ । 
यसैगरि, रियल स्टेट लोनमा ६ प्रतिशत र व्यवसायीक लोनमा २ देखि ५ प्रतिशत प्रिमियम जोडिने बताइएको छ । बिकास क्षेत्रमा कर्जा प्रवाह गर्दा बेस रेटमा ६ देखि ८ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जा प्रवाह गरिने बताइएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया