कारोबारको सुरुवातबाटै नेप्सेमा अप एण्ड डाउन

४ बर्ष अगाडि

आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक कारोबारको पहिलो घण्टामा ६.०४ अंकले ओरालो लागेको छ ।

नेप्सेमा उत्तरचढाप आईरहँदा कारोबारको केही छिनमा ५ अंकको हारहारीमा उकालो लागेको परिसूचक पहिलो घण्टाको अन्तिम समयमा पुन: ६ अंकको हारहारीमा तल झरेको हो ।

आज १३२०.४७ को बिन्दुबाट सुरु भएको कारोबार एक घण्टाको अवधीमा १३१४.४३ को बिन्दुमा झरेको छ । आज ११ बजे १३२०.४७ को  विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १२ बजेसम्म आउँदा त्यो परिसुचक ०.४६ प्रतिशतले घटेको छ।

त्यस्तै, आज अहिलो सम्म कारोबारमा आएका १२ उपसमूह मध्य २ उपसमूह मात्र बढे्का छन् ।

त्यस्तै अहिलो कारोबार भइरहेका १३८ कम्पनीको १५ लाख २७ हजार कित्ता शेयर किन बेच हुदाँ ४८ करोड ७६ लाख बराबरको कारोबार भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया