बैकबाट कर्जा लिनेलाई माछापुच्छ्रेले तोक्यो नयाँ ब्याजदर, कुन कर्जाको कति ?

४ बर्ष अगाडि

माछापुच्छ्रे बैकले  क्रेडिट सुविधा अन्तर्गत बैंकबाट कर्जा लिने ग्राहकहरुको लागी नयाँ ब्याजदर  सार्वजनिक गरेको छ।

बैंकले एक सूचना जारी गर्दै आजबाट लागु हुने गरी नयाँ ब्याजदरको घोषणा गरेको हो ।

कार्यगत पूंजी कर्जा भित्र पर्ने ओभरड्राफ्ट, डिमान्ड लान, ट्रष्ट रिसिप्ट लगायतका कर्जामा ६ प्रतिशत प्रिमियम रेटमा बेस रेट जोडेर १७.२६ प्रतिशत प्रतिशत ब्याज दर तोकेको छ ।

त्यस्तै बैंकले म्यादी लोन (ट्रम लोन) अन्तर्गत पर्ने कर्पोरेट, पूर्वाधार, एमएसबी, एसएमइ लगायतका कर्जामा पनि ६ प्रतिशत प्रिमियम रेटमा बेस रेट जोडेर १७.२६ प्रतिशत ब्याज दर तोकेको छ ।

त्यस्तै बैंकले उपभोक्ता कर्जा अन्तर्गत घर कर्जा, सवारी कर्जा, व्यावसायीक सवारी कर्जा, तलब प्याकेज कर्जा लगायतका कर्जा वितरणमा पनि ६ प्रतिशत प्रिमियम रेटमा बेस रेट जोडेर १७.२६ प्रतिशत ब्याज दर तोकेको छ ।

उता, बैंकले उपभोक्ता कर्जा अन्तर्गतनै पर्ने फिक्स्ड डिपोजिट रसीप्टको बिरूद्ध दिइने लोनमा १ प्रतिशत प्रिमियम रेटमा बेस रेट जोडेर ११.२६ ब्याज दर तोकेको छ ।
 
त्यस्तै, सरकारी सुरक्षा बिरूद्ध दिइने कर्जामा पनि १ प्रतिशत प्रिमियम रेटमा बेस रेट जोडेर ११.२६ ब्याज दर तोकेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया