कारोबारको दोस्रो घण्टा, ओरालो यात्रा मै नेप्से

४ बर्ष अगाडि

आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक कारोबारको दोस्रो घण्टामा १.५८ अंकले ओरालो लागेको छ ।

आज कारोबारसुरु भएको केही छिनमा ५ अंकको हारहारीमा उकालो लागेको परिसूचक पहिलो घण्टाको अन्तिम समयमा ६ अंकको हारहारीमा तल झरेको थियो ।

दोस्रो घण्टामा पुन उकालो लागेको नेप्से अन्तिम यो घण्टाको अन्तिम समयमा १ अंकको हारहारीमा ओरालो लागेको छ ।

आज १३२०.४७ को बिन्दुबाट सुरु भएको कारोबार एक घण्टाको अवधीमा १३१८.८९ को बिन्दुमा झरेको छ । आज ११ बजे १३२०.४७ को  विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १ बजेसम्म आउँदा त्यो परिसुचक ०.१२ प्रतिशतले घटेको छ।

त्यस्तै, आज अहिलो सम्म कारोबारमा आएका १२ उपसमूह मध्य ३ उपसमूह मात्र बढे्का छन् ।

त्यस्तै अहिलो कारोबार भइरहेका १६७ कम्पनीको २४ लाख ५५ हजार कित्ता शेयर किन बेच हुदाँ ७९ करोड १५ लाख बराबरको कारोबार भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया