बीमा सुचना केन्द्र स्थापनाको व्यापाक तयारी, कालोधनले बीमा गर्नेलाई ठूलो झड्का लाग्दै

४ बर्ष अगाडि

काठमाडौं – बीमा समितिले बीमा सुचना केन्द्रको तयारीलाई व्यापाक रुपमा अगाडि बढाएको छ । समितिका अध्यक्ष चिरञ्जीवी चापागार्इंले सुचना केन्द्रको स्थापनाको व्यायाक तयारी गरिएको बताए ।
आजको अर्थ डटकमले गरेको बिशेष भेटघाटमा उनले यस्तो बताएका हुन् । यसका लागि समितिले यसअघि नै कार्यकारी निर्देशक राजुरमण पौडेलको सयोजकत्वमा ३ सदस्यीय समिति पनि गठन गरिसककेको छ ।
भेटवार्तामा समितिका अध्यक्ष चापागाईंले सुचना केन्द्र स्थापना भएपछि सम्पत्ति सुद्धिकरण र बीमा क्षेत्रमा हुने ठगी घटना नियन्त्रणमा आउने बताए ।
अहिले कतिपय व्यक्तिहरुले बीमा मार्फत  कालो धनलाई सेतो बनाउने गरेको पाइन्छ । कालोधन भएका व्यक्तिले छाटो अवधीको बीमा गर्छन । र, पछि उक्त रकम बीमा मार्फत आएको भनेर देखाउछन् । यसरी अहिले बीमा क्षेत्रलाई कालो धन सेतो बनाउने औजार पनि भएको छ । 
सुचना केन्द्र स्थापना भएपछि त्यो नियन्त्रणमा आउने अपेक्षा गरिएको छ । सुचना केन्द्र मार्फत बीमितको संकास्पद कारोबारको नियमन गरिने छ, जसले सम्पत्ति सुद्धिकरणमा कडाई हुने बताइएको छ ।
साथै, अब कुनै व्यक्तिले एउटै सम्पत्तिको दुई वा सो भन्दा बढी कम्पनीमा बीमा गर्न नसक्ने बताइएको छ । अहिले कतिपय मानिसले नियम बिपरित मोटर, गाडी लगायतका सम्पत्तिको बीमा दुई वा सो भन्दा बढी कम्पनीमा बीमा गर्छन ।  र, परेको बेलामा ति सबै कम्पनीबाट दावी लिन्छन् । तर यो कानुन विवरीत हो । आवश्यक मेकानिजम नहुँदा बीमा समितिले यसलाई नियमन गर्न सकेको थिएन । अब सुचना केन्द्र मार्फत यस्ता  ठगीका क्रियाकलाप पनि नियन्त्रणमा आउने बताइएको छ ।
साथै, अभिकर्ताले पनि एउटा कम्पनीको बीमितलाई अर्काे कम्पनीमा लैजान नमिल्ने बताइएको छ । अब सबै अभिकर्तालाई निश्चित संख्याको कोड नम्बर दिइने छ । सुचना केन्द्रको सिस्टममा त्यो कोड इन्ट्री गरेपछि अभिकर्ता मार्फत हुने सबै कारोबारको विवरण आउछ । यसरी अभिकर्ताको कारोबालाई पनि कडाई गर्ने समितिको तयारी छ । 
यस्तै, बीमा कम्पनीहरुले कसरी बीमा पोलिसी बिक्री गर्छन, कस्ता पोलिसी बिक्री गर्छन भन्ने बिषयमा पनि जानकारी लिन सकिने बताइएको छ ।
यस्तै, सर्भेयरले एकै पपटक ५ भन्दा बढी सर्भे रिपोर्ट गर्न नपाउने व्यवस्था पनि गरिएको छ । निर्जीवन बीमाको दावी भुक्तानीमा सर्वप्रथम सर्भेयरले सम्बन्धीत सम्पत्तिमा भएको क्षतिकोे सर्भे गर्नुपर्ने हुन्छ । त्यसको प्रतिवेदन बुझाएछि मात्रा कम्पनीले आवश्यक अध्ययन गरेर सम्बन्धीत व्यक्तिलाई भुक्तानी दिन्छ । तर, अहिले कतिपय सर्भेयरले व्यवसायको लागि जतिपनि घटनाको सर्भे गर्ने जिम्मा लिएर पेडिङमा राख्ने गरेका छन् । 
बीमा क्षेत्रमा हुने गठीका घटनालाई नियन्त्रण गर्न समितिले सुचना केन्द्र स्थापना गर्न लागेको हो । यसमा बीमा कम्पनीहरुको पनि शेयर स्वामित्व हुनेछ । समितिको रू. ३ लाख र ४० कम्पनीको रू. १÷१ लाख गरेर जम्मा रू. ४३ लाखको चुक्तापुँजीमा सुचना केन्द्र स्थापना गर्न लागिएको हो । 
संसदमा बिचराधिन अवस्थामा रहेको बीमा सम्बन्धी विधेयकमा पनि यो व्यवस्था छ, तर समितिले त्यो विद्येयक पारित नहुँदै सुचना केन्द्र स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको छ ।
विदेशी मुलुकका बीमा बजारमा पनि यस्ता प्रकृतिका सूचना केन्द्र सञ्चालन रहेका छन् । ती केन्द्रको कानूनी व्यवस्थाका आधारमा बीमा सूचना केन्द्रको संरचना बनाउने समितिको तयारी छ । 
राष्ट्र बैंक र बैंकहरुको सहकार्यमा पहिले नै कर्जा सुचना केन्द्र गरिएको थियो । कर्जा सुचना केन्द्रले बैंक तथा वित्तिय संस्थामा ठगी गर्ने व्यक्तिलाई कालोसुचीमा राख्ने काम गर्दै आएको छ ।
बीमा सुचना केन्द्रले पनि त्यस्तै प्रकृतिको काम गर्नेछ । सुचना केन्द्र मार्फत बीमा क्षेत्रमा ठगी गर्ने जो कोहीलाई पनि कालोसुचीमा राख्ने प्रावधान ल्याउने समितिको योजना छ ।
त्यसपछि कालोसुचीमा भएका व्यक्तिले नेपालका बीमा कम्पनीबाट बीमा सुविधा लिन पाउने छैनन् । यस्तै, कालोसुचीबाट हट्न प्रावधान पनि ल्याइने समितिको भनाइ छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया