मतदाता प्रमाणित गर्न अनुहार पहिचान सफ्टवेयर प्रयोग गरिने

४ बर्ष अगाडि

भारतको तेलंगाना राज्यमा बुधबार हुन लागेको चुनावमा मतदाताको अनुहार पहिचान सफ्टवेयर प्रयोग गरिने भएको छ ।

उक्त सफ्टवेयर तेलंगाना राज्यको  १० मतदान केन्द्रमा मतदाता प्रमाणित गर्न प्रयोग गर्न लागेको हो ।

गोपनीयता र सर्भेलेन्सप्रति बढ्दो चिन्ताका बाबजुद पनि पहिलो पटक यो सफ्टवेयर प्रयोग गर्न लागिएको भारतीय अधिकारीहरूले बताएका छन् ।

सफ्टवेयर प्रयोग गरेपश्चात मतदाताहरूको फोटोहरू भण्डारण वा कुनै पनि अन्य उद्देश्यको लागि प्रयोग नगरिने र मतदाताको गोपनीयता सुरक्षित राखिने अधिकारीहरूले बताएका छन् ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया