३०१% ले बढ्यो ग्लोबल आईएमईको नाफा, प्रतिशेयर आम्दानी कति

४ बर्ष अगाडि

काठमाडौं – ग्लोबल आइएमई लघुवित्त वित्तिय संस्थाले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा रू. ७ करोड ८७ लाख १२ हजार खुद नाफा कमाएको छ । यो गत आवको सोही अवधीको भन्दा ३०१ दशमलव ४४ प्रतिशतले बढी हो । गत आवको सो अवधीमा उक्त लघुवित्तले रू. १ करोड ९६ लाख ७ हजार खुद नाफा कमाएको थियो । 
हालसम्म उक्त लघुवित्तले रू. १ अर्ब २० करोड ८७ लाख ९७ हजार निक्षेप संकलन गरेको छ । गत आवको सो अवधी सम्म लघुवित्तले रू. ५६ करोड ६४ लाख निक्षेप संकलन गरेको छ । 
यस्तै, लघुवित्तले हालसम्म रू. ४ अर्ब ५ करोड ९४ लाख बराबरको कर्जा प्रवाह गरेको छ । गत आवको सो अवधीमा लघुवित्तले रू. २ अर्ब २० करोड ४४ लाख बराबरको कर्जा प्रवाह गरेको थियो । यस अवधीमा लघुवित्तको खुद व्याज आम्दानी रू. १४ करोड ३७ लाख ५८ हजार रहेको छ ।
लघुवित्तको जगेडाकोष रू. १६ करोड ६० लाख ६५ हजार रहेको छ । यस्तै, चुक्तापुँजी भने रू. २५ करोड ९५ लाख ७५ हजार रहेको छ । 
लघुवित्तको प्रतिशेयर आम्दानी ६०.६५ छ । मुल्य आम्दानी अनुपात भने १८.४६ देखिन्छ । यसैगरि प्रति शेयर कुल सम्पत्तिको मुल्य १८८४.५९, प्रतिशेयर नेटवर्थ १६३.९८ र तरलता अनुपात १५.०८ भएको तथ्यांकमा उल्लेख छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया