बुद्ध एयरले बिराटनगर–पोखरा सिधा उडान गर्दैः बुकिङ खुल्ला, भाडा कति ?

४ बर्ष अगाडि

काठमाडौं –  बुद्ध एयरले बिराटनगर देखि पोखरा र पोखरादेखि विराटनगर सिधा हवाई सेवा सुचारु गर्ने भएको छ । कम्पनीले आफ्नो व्यवसाय विस्तार गर्ने शिलशिलामा उक्त हवाई सेवा सुचारु गर्न लागेको हो । 
आगमी फेव्रुअरी ३ तारिखदेखि बिराटनगर–पोखरा–बिराटनगर हवाई सेवा सुचारु गर्ने बद्ध एयरको तयारी छ । हप्तामा ३ वटा उडान गर्ने बुद्ध एयरको भनाइ छ । 
कम्पनीकाअनुसार सोमबार, बुधबार र शुक्रबार उडान हुनेछ । बुद्ध एयरले बिराटनगर एयरपोर्टदेखि दिनको १ः१० बजे उडान गर्ने छ भने २ः१० मा पोखरा एयरपोर्टमा अवतरण गर्नेछ । उडान समय ६० मिनेटको हुने बताइएको छ । 
यस्तै, पोखरादेखि बिराटनगर पनि सोही तीन दिन नै उडान हुनेछ । बुद्ध एयरले मध्यान्न ११ः४५ बजे पोखरादेखि विराटनगरको लागि उडान गर्ने छ । मध्यान्न १२ः३५ मा बिराटनगर एयरपोर्ट अवतरण गरिने बताइएको छ । 
पोखरा बिराटनगरको लागि नेपाली यात्रुलाई रू. ६ हजारसम्म लाग्ने देखिएको छ ।
Image may contain: text

४ बर्ष अगाडि

प्रतिक्रिया