पोखरा विमानस्थलको भौतिक प्रगति ५० प्रतिशत,  थप ९० रोपनी जग्गा अधिग्रहण गरिदै

४ बर्ष अगाडि

काठमाडौं – पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक निर्माण कार्य ५० प्रतिशतको हाराहारीमा पुगेसँगै सो आयोजनाका लागि थप ९० रोपनी जग्गा अधिग्रहण गर्न लागिएको छ ।

जिल्ला प्रशासन कार्यालय कासकीले बिहिबार आयोजनाका लागि आवश्इक पर्ने जग्गा अधिग्रहणका लागि सूचना प्रकाशित गरेको छ । सन् २०२१ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण भइरहेको आयोजनाका लागिथ आवश्यक पर्ने जग्गा अधिग्रहणका लागि सूचना प्रकाशित गरी जग्गा धनीलाई आगामी १५ दिन भित्र सक्कल कागजात सहित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राख्न आग्रह गरिएको छ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि आवयश्क थप जग्गा सम्बन्धी विवरणको सूचना नाम दिएर प्रकाशति सूचनामा जग्गा प्राप्ति ऐन, २०३४ अनुसार मपिन्त्रपरिषद्को कात्तिक २९ गतेको निर्णय अनुसार जग्गा प्राप्तिका लागि सूचना प्रकाशित गरिएको हो ।

एप्रोच लाइट एरियाको पश्चिम तर्फ तथा दक्षिणतर्फको मेट्रोलजिकल भवन रहने स्थानको सहायक सडकको पूर्व तर्फ पर्ने कूल १०४.२८ रोपनी जग्गा मध्ये करिब ९० रोपन िजग्गा र सो जग्गामा बनेको घर टहरा अधिग्रहणका लागि पेश भएको प्रारम्भिक प्रतिवेदन अनुसार जग्गा अधिग्रहण गर्न लागिएको हो । विमानस्थलको विद्यमान रहेको पश्चिम तर्फको तारबारबाट धावनमार्गको सेन्ट्रल लाइनदेखि दायाँ बायाँ हुने गरी कित्ता नं १०५ बाट पश्चिम तर्फ कित्ता नं १९५ हुँदै दक्षिणतर्फ कित्ता नं २०, ७२ र ७४ हुँदै पूर्वतर्फको खहरे खोलासम्मको जग्गा अधिग्रहण गर्न लागिएको छ ।

जिल्ला प्रशासन कार्यालयले कूल १६६ जनाको जग्गा अधिग्रहण गर्न लागिएको जनाएको  छ । विमानस्थल निर्माणको काम धमाधम भइरहेको बेला केही समय पहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले स्थलगत अनुगमन गरी थप जग्गा उपलब्ध गराउने वचन दिएका थिए । यस्तै आयोजनाले विमानस्थलका लागि आवश्यक पर्ने जग्गा उपलब्ध गराइदिए तोकिएको समयमा नै आयोजना सम्पन्न गर्न थप सहज हुने बताएको थियो ।

चिनियाँ ठेकेदार कम्पनलिे निर्माण गरिरहेको विमानस्थलको धावनमार्गलगायतको काम सम्पन्न हुने चरणमा पुगिसकेको छ । धावनमार्गमा नयाँ प्रविधिका साथ ढलान गर्ने कार्य सम्पन्न भइसकेको छ । यस्तै विमानस्थलका अन्य भौतिक संरचना समेत निर्माण भइरहेको छ । आयोजनाका अनुसार तोकिएको समयभन्दा ६ महिना अगावै विमानस्थल निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया