शालीग्राम लघुवित्तलाई पहिलो गासमै ढुंगाः अझै कमाउन सकेन, आईपीओ निष्काशनमा धक्का हान्ने संकेत

४ बर्ष अगाडि

काठमाडौं – यतिबेला अधिकांश लघुवित्त वित्तिय संस्थाले करोडौं नाफा कमाएको वित्तिय विवरण सार्वजनिक गरेका छन् । तर, तिनीहरुको भिडमा म्याग्दी बेनीको शालीग्राम लघुवित्त वित्तिय संस्थाले भने घाटामा गएको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
शालीग्राम लघुवित्त हालै सञ्चालनमा आएको हो । तथ्यांकअनुसार यस अवधीमा उक्त लघुवित्त रू. २२ लाख ६७ हजारले घाटामा रहेको छ । पहिलो त्रैमासमा पनि रू. १३ लाख ६१ हजारले घाटामा रहेको यस लघबित्त अहिले पनि नाफा कमाउन नसकेको देखिन्छ ।
लघुवित्तले हालसम्म रू.  ४२ लाख ८८ हजार निक्षेप संकलन गरेको छ । लघुवित्तले रू. २ अर्ब ७२ करोड कर्जा प्रवाह गरेको छ । लघुवित्तले खुद ७ लाख ६८ हजार व्याज आम्दानी गरको छ।  साथै, जम्मा रू. १३ लाख ८४ हजार अपरेटिङ आम्दानी गरेको छ । स्ताफ खर्च र सञ्चालन खर्च बढी हुँदा लघुवित्त घाटामा गएको देखिन्छ । स्ताफ खर्च रू. १९ लाख ९७ हजार र सञ्चालन खर्च रू.  ८ लाख ९१ हजार भएको छ । हाल लघुवित्तको चुक्तापुँजी १ करोड ६८ लाख रहेको छ । 
हालै, सञ्चालनमा आएको यस लघुवित्त लगातर घाटामा देखिन्छ । यदि, केही समय यही अवस्था जारी हुने हो भने लघुवित्तले निकट भविष्यमा जारी गर्ने आईपीओ बिक्रीमा धक्का हान्ने देखिन्छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया