राष्ट्रियसभा निर्वाचनः सबै नतिजा आयो, नेकपा १६ र राजपा २ सिटमा विजयी

४ बर्ष अगाडि

काठमाडौँ । बिहीबार १८ सिटका लागि भएको राष्ट्रिय सभा निर्वाचनको अअिन्तम परिणाम आएको छ । निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले एउटा सिट पनि जित्न सकेन भने नेकपाले १६ सिट र राजपाले २ सिटमा विजय हासिल गरेको छ । 
चुनावमा प्रदेश नम्बर २ मा राजपा र नेकपा गठबन्धन थियो भने काँग्रेस र समाजवादी पार्टीको पनि गठबन्धन रहेको थियो । तर प्रदेश नम्बर २ मा राजपा नेकपा गठबन्धन विजयी भएको छ । राजपा २ सिट र नेकपा २ सिटमा विजयी भएको हो । 
प्रदेश नम्बर २ मा राजपा उम्मेदवार मृगेन्द्र कुमार सिंह यादव र शेखर कुमार सिंह विजयी भए । यस्तै नेकपाबाट तुलसा कुमारी दाहाल र राधेश्याम पासवान विजयी भए । 
अन्य प्रदेशमा सबै नेकपाका उम्मेदवार विजयी भए । जसअनुसार प्रदेश नम्बर १ बाट इन्दिरा देवी गौतम, गोपी बहादुर सार्की अछामी र देवेन्द्र दाहाल विजयी भए भने बागमती प्रदेशबाट गंगा कुमारी बेल्बासे र बेदुराम भुसाल विजयी भए । 
यसैगरी गण्डकी प्रदेशबाट भगवती न्यौपाने र नारायणकाजी श्रेष्ठ विजयी हुँदा प्रदेश नम्बर ५ बाट विमला घिमिरे, गोपाल भट्टराई र जगप्रसाद शर्मा विजयी भए । 
यस्तै कर्णालीबाट सुमित्रा बिसी र माया प्रसाद शर्मा विजयी हुँदा सुदूरपश्चिमबाट शारदा देवी भट्ट र नारामान स्वास विजयी भए । यो चुनावमा काँग्रेसले राष्ट्रियसभामा ७ सिट गुमाएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया