सिद्धार्थ बैंकको नाफा घट्यो

४ बर्ष अगाडि

सिद्धार्थ बैंकले चालु आर्थिक वर्षको दास्रो आवमा १ अर्ब २ करोड नाफा कमाएको छ ।यो गत आवको यसै अवधीको तुलानामा ४ करोड रुपैयाँले कम हो ।

बैंकले गत आर्थिक वर्षको यही अवधीको तुलानामा नाफा कम कमाएको छ । पुस मसान्त सम्ममा १ अर्ब २ करोड पाफा कमाएको बैंकले गत आर्थिक वर्षको यसै अवधीमा १ अर्ब ६ करोड नाफा कमाएको थियो ।

बैंकले अहिले सम्ममा १ खर्ब २६ अर्ब ५४ करोड बराबरको निक्षेप संकलन गरेको छ । त्यस्तै बैंकले १ खर्ब १८ अर्ब ३६ करोड बराबरको कर्जा प्रवाह गरेको छ भने २ अर्ब ७७ करोड ३८ लाख बराबरको खुद ब्याज आमदानी गरेको छ ।

नाफा घटेसँगै बैंकको  प्रतिशेयर आम्दानी पनि घटेको छ ।पुस मसान्तसम्ममा ५७ करोड ४९ लाख रुपैयाँ वितरण योग्य मुनाफा रहेको यस बैंकको प्रतिशेयर आम्दानी २१.५७ रुपैयाँ कायम भएको छ। यस अघिको यसै अवधीमा बैंकको  प्रतिशेयर आम्दानी  २४.७० रुपैयाँ रहेको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया