अमेरिकीमा गर्भवती महिलालाई भिसामा कडाई, नयाँ नियम लागु

४ बर्ष अगाडि

अमेरिकाले गर्भवती महिलाहरुलाई दिने भिसामा कडाई गरेको छ । स्वघोषित ‘बर्थ टुरिजम’ रोक्न आजैबाट अध्यागमन कानुनमा नयाँ व्यवस्था लागु गरिएको हो ।

यसअघि गर्भवती महिलाले अमेरिकाको भिसा लिने, अमेरिकामा बच्चा जन्माउने र त्यसको उद्देश्य आफ्नो बच्चालाई अमेरिकी नागरिक बनाउने चलन रहेको बताइएको छ ।

अमेरिकी अधिकारीहरुका अनुसार अब गर्भवती महिलालले अमेरिकी भिसाको लागि आवेदन दिंदा अमेरिका प्रवेशको तर्कपूर्ण कारण खुलाउनुपर्नेछ ।

साथै अमेरिकाले स्वास्थ्य उपचारका लागि जाने मानिसमा पनि कडाइ गर्ने भएको छ । 

यसका लागि भिसा आवेदकले आफ्नो खर्चको विवरण पहिला नै सप्रमाण जानकारी गराउनुपर्नेछ ।

सन् २०१७ मा विदेशी आमाबाट अमेरिकामा १० हजार बच्चा जन्मेका थिए भने दश वर्ष अघि सन् २००७ मा सो संख्या ७ हजार ८ सय रहेको थियो ।एजेन्सी
 

४ बर्ष अगाडि

प्रतिक्रिया