नेपाल एयरलाइन्सलाई झड्का, दुई दर्जन पाइलाटद्धारा सामुहिक राजीमाना

४ बर्ष अगाडि

काठमाडौं – सेवा सुविधा सम्बन्धी असन्तुष्ट जनाउँदै नेपाल एयरलायन्सका दुई दर्जन नेपाली पाइलट तथा को–पाइलटले सामुहिक राजीनामा दिएका छन् । उनीहरुले बिहीबार साझँ व्यवस्थापन समुहलाई राजीनामा दिएका हुन् । उनीहरूले व्यवस्थापन समुहलाई ३ महिनाको समयअवधी दिँदै राजीनामा बुझाएका हुन् ।
राजीनामा दिएका मध्ये एयरबस ३३० वाइडबडी जहाज उडाउने १३ जना र एयरबस ३२० जहाज उडाउने १२ जना पाइट छन् । हाल नेपाल एयरलाइन्समा ३३० वाइडवडी उडाउने कुल १५ जना र ३२० जहाज उडाने २५ जना पाइलट थिए । 
एयरलाइन्सका कार्यकारी अध्यक्ष मदन खरेलले राजीनामा दिएको एक हप्ता नबित्दै पालटहरुले पनि राजीनामा दिएपछि कम्पनीलाई ठुलो झड्का लागेको छ । साथै, सरकारले भम्रण बर्ष मनाइरहेको बेला कम्पनीको व्यवसायीक सम्भावना पनि उच्च छ । यस अवस्थामा यस घटनाले कम्पनीलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा नोक्सानी पु¥याउने देखिन्छ । 
बिशेषगरि विदेशी पाइलट सरहको सुविधा नपाएको उनीहरुको गुनासो छ । कम्पनीमा विदेशी र स्वदेशी पाइलटलाई चरम बिभेद गरिएको उनीहरको भनाइ छ । विदेशी पाइलटले हप्तामा ४६ घण्टा उडान गर्छन । तर, नेपाली पाइलटलदे ९८ घण्टा उडान गर्नुपर्ने बाध्यता रहेको उनीहरुको भनाइ छ । उल्टै, विदेशी पाइलटको सरकारले नै कर तिरिदिने गरेको बताइएको छ । यद्यपि, व्यवस्थापन पक्षले या पाइलटको धम्की मात्रा भएको बताएको छ ।  यद्यपि, राजीनामा पत्रमा २० पाइटको हस्ताक्षर छ । 

No photo description available.

४ बर्ष अगाडि

प्रतिक्रिया