जाम कम गर्न नयाँबानेश्वरमा अण्डरपास

४ बर्ष अगाडि

सरकारले नयाँबानेश्वर चोकमा अण्डरपास बनाउने तयारी गरेको छ । 

बढ्दो सवारी जाम कम गर्न जापान सरकारको अनुदान सहयोगमा अण्डरपास वे भन्ने भएको हो । 

जापानकै सहयोगमा संभाव्यता अध्ययन सम्पन्न भइसकेकोले अण्डरपास–वे निर्माणका लागि आगामी मार्चमा द्विपक्षीय सम्झौता गर्ने तयारी रहेको सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन (डीपीआर) र निर्माण दुवै कामका लागि अनुदान दिन जापान जापानी पक्ष सकारात्मक छ । 

अघिल्लोपटक काठमाडौं आएको टोलीले काठमाडौंका मुख्य–मुख्य चोकहरूमा ट्राफिक व्यवस्थापन सुधारका लागि अध्ययनको क्रममा बानेश्वर चोकमा अण्डरपास बनाउनुपर्ने प्रतिवेदन तयार पारेको थियो । 

प्रारम्भिक अध्ययन अनुसार एउटा अण्डरपास निर्माणका लागि करिब एक अर्ब रूपैयाँ खर्च लाग्ने अनुमान छ। 

नेपालमा पहिलोपटक चिनीयाँ सहयोगमा कलंकीमा अण्डरपास–वे निर्माण भएर सञ्चालनमा छ भने महाराजगंजमा पनि चीनले अण्डरपास–वे बनाइदिने तयारी छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया