अघिल्लो साताको उत्साह टिकेन, परिसूचक दोहोरो अंकले घट्दा कारोबार रकममा भने उछाल

४ बर्ष अगाडि

यस साता धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ ।

अघिल्लो साता ९७ अंकले उकालो लागेको परिसूचक यस साता भने १२.७६ अंकले ओरालो लागेको हो ।

साताको पहिलो दिन आईतबार १३१०.२३ को बिन्दुबाट सुरु भएको शेयर कारोबार विहिबार सम्ँ आउदाँ १२९७.४७ बिन्दुमा पुगेर बन्द भएको छ  ।

नेप्से परिसूचक ओरालो लागे पनि यस साता कारोबार रकम भने उकालो लागेको छ । अघिल्लो साता ६ अर्ब बराबरको कारोबार भएको थियो भने यस साता ८ अर्ब ५४ करोड बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार यस साता १८८ कम्पनीको २ करोड ५१ लाख कित्ता शेयर खरिद बिक्री भएको थियो ।

त्यस्तै यस साता औसतमा १ अर्ब ७० करोड बराबरको कारोबार भएको छ । त्यस्तै अघिल्लो साता ७ महिना पछि १३०० को बिन्दुमा पुगेको परिसूचक यस साताको अन्तिम कारोबारका दिन भने पुन १२०० को बिन्दुमा झरेको छ । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया